पोखरा, २४ भदौ। सहयात्रा मौलिक स्रष्टा सम्मान-२०७५ बाट पोखराकी वरिष्ठ लोकगायिका हरिदेवी कोइरालालाई सम्मान गरिएको छ। नेपाली मौलिक लोक, कला, भाषा, साहित्य, गायन तथा संकलनमा करिब पाँच दशकदेखि पुर्याएको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय सम्मान गरिएको हो।
सहयात्रा नेपालले राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा उनलाई कदरपत्र, दोसल्लासहित नगद २५ हजार रुपैयाँ प्रदान गरेको हो। भूमी व्यवस्था, सहकारी, गरिबी निवारणमन्त्री पद्मा अर्यालले उनलाई सम्मान गरेकी हुन्। नेपाली मौलिक लोक, कला, भाषा, साहित्य, गायन तथा संकलनका क्षेत्रमा सो सम्मान पाउने उनी पहिलो स्रष्टा हुन्। कार्यक्रममा मन्त्री अर्यालले मौलिक लोक, कला, भाषा र साहित्य मुलुकको सम्पत्ति भएको बताइन्। उनले हरेक क्षेत्रमा योगदान पुर्याउनेलाई यसरी नै सम्मान गरिनु खुशीको कुरा भएको बताइन्। मन्त्री अर्यालले शिष्ट र सरल स्वभावकी धनी बरिष्ठ लोकगायिका कोइरालाले सवैको मन जित्न सफल भएको उल्लेख गरिन्।
सम्मानित व्यक्तित्व कोइरालाले सम्मानले आफूलाई हौसला थपेको बताइन्। यसैबीच, बरिष्ठ लोकगायिका कोइरालाको गीत यस वर्षको तीज गीतको मौलिक गीतमध्येबाट उत्कृष्ट सातमा पर्न सफल भएको छ।
उनकोसँगै बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ, रिता थापा, विष्णु माझी र हरि विष्टको गीत उत्कृष्ट सातमा पर्न सफल भएको हो। सहयात्रा नेपालले उनीहरुलाई दोसल्लासहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको छ। कार्यक्रममा लोकगायक दुर्गा रायमाझीले मौलिक संस्कृतिबारे बोलेका थिए। सहयात्रा नेपालका कार्यक्रम निर्देशक चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम संयोजक मिना बज्राचार्यले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
भानुभक्तको जन्मस्थलमा अनुसन्धानमूलक कार्यक्रम
आदिकवि आचार्यको जन्मस्थलमा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम
दौंतरी कवितामा तीर्थ र सरु: भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ?
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९