पोखरा, २४ भदौ।पोखरा-११ मा रहेको फूलबारी क्लबको आयोजनामा सम्पन्न तीजगीत प्रतियोगितामा कालिका आमा समूह काहुँ प्रथम भएको छ।
यसैगरी आदर्श समाज आमासमूह द्वितिय, सृष्टि तिवारी दिदीबहिनी समूह तृतीय र चण्डी आमा समूह काँहुले सान्त्वना स्थान हासिल गरेका छन्।
यस्तै उत्कृष्ट भेषभुषामा धरहरा आमा समूह र नृत्यमा महाकालेश्वर आमा समूहले प्राप्त गरे।
कार्यक्रमको गण्डकी प्रदेशका उप-सभामुख सिर्जना शर्माले उद्घाटन गर्दै क्लबले गरेका कार्यलाई सदैव सहयोग रहने बताइन्।
कार्यक्रममा पोखरा-११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, मुख्य प्रायोजक भाष्कर मेमोरियर ल्कुलका प्रधानाध्यापक विश्वराज बास्तोला, एनएमवि बैंक गण्डकी प्रदेशका व्यवस्थापक अमृतराज बास्तोला, फूलबारी पार्क संरक्षण समितिका अध्यक्ष दामोदर बास्तोलालगायतले बोलेका थिए।
सो अवसरमा क्लबबाट उत्प्रेम जोजिजू, भुगादेवी बास्तोला र वडा कार्यालयबाट कालिका मावि काहुँका शिक्षक पुरुषोत्तम लामिछानेलाई सम्मान गरिएको थियो। सम्पूर्ण आमा समूह र दिदीबहिनी समूहको सहआयोजना रहेको कार्यक्रम क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा संयोजक गिता कार्कीले धन्यवाद, उपाध्यक्ष रामचन्द्र बास्तोलाको स्वागत र सचिव दामोदर आचार्य, सदस्य रामकृष्ण बास्तोला गोर्खाली, सफलता बास्तोलाको सञ्चालन रहेको थियो।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९