ढिकुरपोखरीमा तीज मेला

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७५
hemja photo

हेमजा, २० भदौ। ढिकुरपोखरीमा हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक ढिकुरपोखरी युवा संजालले बुधवार पोखरामा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरण पुगेको जनाएको हो ।

ढिकुरपोखरीस्थित माछापुच्छे्र माविको प्राङ्गणमा भदौ २३ देखि २८ गतेसम्म हुने उक्त मेलाअन्तर्गत खुला नकआउट फुटबल प्रतियोगिता, तीजगीत, ठेलो तथा रस्साकसी लगायत विविध सांस्कृतिक कार्यक्रम गरिने मेला संयोजक विकास गुरुङले बताए।

खुला नकआउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११, दोस्रो पुरस्कार  ५५ हजार पाँच सय ५५ साथमा शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ।

मेलामा ‘स्थानीय निकाय र महिला नेतृत्व’ विषयक वडास्तरीय तीजगीत प्रतियोगिता पनि हुँदैछ।जसमा प्रथमले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा सान्त्वना समूहले ५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाउने छन्। फुटबलतर्फ १२ टिम तथा तीजगीततर्फ २० देखि २२ टिमले सहभागिता जनाउने आयोजकको भनाइ छ। गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी तीजमेलाको ऐतिहासिक महत्व रहेको औँल्याउँदै मेलालाई सक्दो सहयोग गर्न सरोकारवालासमक्ष आग्रह गरे।उनले गाउँपालिकाले पनि मेलालाई आवश्यक सहयोग गर्ने वचनबद्घता व्यक्त गरे।

मेला सम्पन्न गर्न १२ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ। मंगलवारसम्म विभिन्न संघसंस्था एवं व्यक्तिबाट ९ लाखको हाराहारीमा सहयोग घोषणा भएको संजालका अध्यक्ष सुशील भट्टचनले जानकारी दिए।

संजालका महासचिव दिल जिसीले विगतभन्दा यसवर्षको तीजमेलालाई विशेष बनाउन लागिएको भन्दै सहयोग गर्न अनुरोध गरे। मेला संयोजक विकास गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संजालका कोषाध्यक्ष प्रकाश गुरुङले स्वागत तथा कार्यक्रम संचालन संजालका महासचिव दिल जिसीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गीतकार विनोद गौचनको जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ…
  • साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८०
    पोखरा । साहित्यकार एवं महाकाव्यकार जनार्दनशरणको त्रिपाठीको निधन भएको । लामो समयदेखि बिरामी रहेका त्रिपाठीकी शुक्रबार बिहान साढे ४ बजे…
  • आमा २ पुस्तक विमोचन

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८०
    पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिउँदो इतिहासका रुपमा रहेका आमाबुवा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका छन् ।…
  • लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा । लेखनाथ कविता प्रतियोगितामा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । यस्तै, रुपन्देहीका गोपालप्रसाद आचार्य द्वितीय, कपिलवस्तुकी जोशिका कँडेल…
  • नेपाली नाटकको अस्तित्व खोजी

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा । नेपाल नाट्यप्रतिष्ठानको आयोजनामा नेपाली नाटकको प्रथम अन्तर्राष्ट्रिय सेमिनार शनिबार समापन भएको छ । पोखरामा ३ दिनसम्म चलेको सेमिनारको समापनमा…

hero news full width