लेखनाथ, १६ भदौ। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आफ्नो सहकारी उत्कृष्ट बनाउन सबै लाग्दा समाज समृद्ध बन्ने बताएका छन्। पोखरा-१२ पुरानोधारास्थित चापापानी बचत तथा ऋण सहकारी संस्थाको नवौं वाषिर्क साधारण सभाको शनिवार उद्घाटन गर्दै नगरप्रमुख जिसीले भने- सहकारी भनेको सहकार्य हो । पोखरा महानगरभित्र तीन सय १९ वटा सहकारी रहेको उल्लखे गर्दै उनले सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्ने बताए। वडा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले चापापानी बचत तथा ऋण सहकारी एक व्यवस्थित सहकारीको रुपमा रहेको बताए।
अध्यक्षको आसनबाट सहकारीका अध्यक्ष नरेशबहादुर कार्कीले सहकारीले आफ्नै सुविधासम्पन्न भवनबाट कारोबार गर्दै आइरहेको र आठ सय ६६ शेयर सदस्य रहेको बताए।
साथै उनले शेयर पूँजी पाँच करोड आठ लाख बचत संकलन १८ करोड ६० लाख र ऋण लगानी २० करोड २९ लाख पुगेको उल्लेख गरे।
यसैगरी कल्याणकारी कोषको क्षेत्र विस्तार गरी छात्रवृत्ति, दैवीप्रकोप राहत, वृद्धाश्रद्धमा राहत, स्वास्थ्य शिविर आदि कार्यक्रम सञ्चालन गरिएको बताए।
संस्थाका उपाध्यक्ष सीतादेवी बास्तोलाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सदस्य भगवती बास्तोलाले गरेकी थिइन्।
सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ।
यसरी सम्मानित हुनेमा दश जोड दुर्इ माथिल्लो तहमा उत्तीर्ण विद्यार्थी, कल्याणकारी कोषबाट दिवंगत भएका शेयर सदस्यका परिवारलाई आर्थिक नगदसहित सम्मान गरिएको थियो। यस्तै उत्कृष्ट कर्मचारीतर्फ सहकारीका प्रबन्धक करुणा शाही कार्की, लेखासहायक मिनाकुमारी राउत रहेका छन्। यस्तै उत्कृष्ट बचत तथा असल कर्जा व्यवस्थापन गर्ने शेयर सदस्यतर्फ श्रवणकुमार भुज र सीतादेवी सापकोटा रहेका छन्।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९