खैरेनीटार, १३ भदौ। सोलार र्फम प्रालिलेे शुक्लागण्डकी-५, बेलचौताराबाट नेपालमा पहिलो पटक ५ मेगावाटको सौर्य उर्जा उत्पादन गर्ने भएको छ।
सोलार प्लान्टबारे जानकारी दिँदै कम्पनी अध्यक्ष मोहन गुरुङले २३ हजार प्यानल राखेर ५ मेगावाटको सौर्य उर्जा उत्पादन गराउने बताए ।
उनले नेपाल विद्युत् प्राधिकरणबाट कनेक्सन सम्झौता र टेरिफ दर निर्धारण गरि एनर्जी टेवल सदर गराइ पीपीए -विद्युत् खरिद सम्झौता) समेत गरिसकिएको बताए।
डाइरेक्टर एलएन पाण्डेले सोलार र्फममा ५० करोडको लगानी हुने र भानुभक्त बहुमुखी क्याम्पससँग १ सय रोपनी जग्गा २५ वर्षको लागि लिजमा लिइसकेको बताए । विद्युत् प्राधिकरणसँग पनि २५ वर्षको लागि सम्झौता गरिएको बताए। उनले उत्पादन भएको सौर्य उर्जालाई नेपाल सरकारको राष्ट्रिय ग्रिडमा सिधैँ पठाइने जनाए।
यस्तै, पाण्डेले कम्पनीमा १ सय वटा इर्न्भर्टर प्रयोग गरिने, रेमोटबाट अनुगमन गर्न सकिने, वाषिर्क करिब ६ करोड ४५ लाख नाफा गर्न सकिने पनि बताए ।
कार्यक्रममा प्रबन्धक तिलबहादुर आलेले नेपालमा पहिलो पिपिए गर्ने यस सोलार कम्पनीमा एनआरएन र स्थानियको सेयर रहने बताए।
कार्यक्रममा नारायण तिम्सिनाले सोलार कम्पनीबाट हुने नाफा सामाजिक क्षेत्रमा पनि लगानी गरिने बताए।
उनले सरकारलाई रोयल्टी तिर्नु नपर्ने यस आयोजना समय पुगेपछि पनि सरकारलाई बुझाउन नपर्ने जनाए।
नागरिक समाजका अध्यक्ष खेमराज खनाल, कमलमोहन घिमिरे, राजन उपाध्याय, सुन्दर बस्याल लगायतले जिज्ञासा राखेको अन्तक्रिर्यामा धन्यवाद व्यवस्थापक हरिकुमार श्रेष्ठले दिएका थिए।
अध्यक्ष मोहन गुरुङको अध्यक्षता रहेको कार्यक्रममा स्वागत प्रबन्धक तिलबहादुर आले र सञ्चालन नारायण तिम्सिनाले गरेका थिए।
नेपाल कम्पनी रजिष्टारको कार्यालयमा २०७३ सालमा दर्ता भई उर्जा मन्त्रालयबाट यसै वर्ष सो कम्पनीले अनुमति प्राप्त गरिसकेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९