जीवनपानीलाई गजल प्रतिभा पुरस्कार

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५

पोखरा, १२ भदौ ।गजलकार जीवनपानीलाई गजल प्रतिभा पुरस्कार-२०७५ प्रदान गरिने भएको छ।

गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको सो पुरस्कार सन्ध्याका सल्लाहकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २ दशकदेखि नेपाली गजलको उन्नयन र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

स्याङ्जामा जन्मेर गजलकर्ममा निरन्तर लागिरहेका जीवनपानीका ५ गजल संग्रह प्रकाशित छन्।

पश्चिमाञ्चल क्षेत्रमा जन्म वा कर्म गरिरहेका गजलकारलाई प्रदान गरिने पुरस्कारलाई देश संघीयतामा गएसँगै प्रादेशिक ढाँचामा ढालिएको छ।

पुरस्कार छनोट समिति सदस्यमा रुपिन्द्र प्रभावी कटु, मन क्षेत्री सदस्य तथा सन्ध्याका अध्यक्ष अमृत सुवेदी र सचिव वसन्त विनोद पदेनसदस्य थिए।

मोति जयन्तीका अवसरमा भदौ २३ गते १५ हजार रुपैयाँ र सम्मानपत्रले जीवनपानीलाई पुरस्कार अर्पण गरिने सन्ध्याले जनाएको छ।

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका जीवनपानी गजल, मुक्तक, कविता लेखनमा क्रियाशील छन्। एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले आफ्ना बुबाको स्मृतिमा सन्ध्याले प्रदान गर्ने पुरस्कारका लागि स्थापना गरेको १ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट यसपटक जीवनपानीलाई प्रतिभा सम्मान प्रदान गर्न लागिएको अध्यक्ष अमृत सुवेदीले जानकारी दिए।

यसअघि रुपक वनवासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदीप्त गिरी र बाबु त्रिपाठी, कपिल शर्मा पुरस्कृत भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…
  • अपेक्षा बनिन् मिस एसइई गण्डकी

    आदर्श समाज सम्वाददाता असार १६, २०८१
    पोखरा, १६ असार । मिस एसइई गण्डकी सिजन–४ को उपाधि अपेक्षा अधिकारीले जितेकी छन् । शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा…
  • श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण

    आदर्श समाज सम्वाददाता असार ११, २०८१
    म्याग्दी । मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार…

hero news full width