पोखरा, ३ भदौ ।सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १३ औं तीज सांस्कृतिक महोत्सव हुने भएको छ ।
क्याम्पिङचोकमा भदौ २६ र २७ गते हुने महोत्सवमा तीज गीत प्रतियोगिता एवं अन्तरसामुदायिक भलिबल प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्था अध्यक्ष एवं महोत्सव संयोजक मीना भट्टराईले जानकारी दिइन् ।
सामाजिक विकृति-विसंगति न्यूनीकरण गर्दै नेपाली संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले तीज गीज महोत्सवलाई निरन्तरता दिइएको उनले बताइन् । तीज गीत प्रतियोगितामा विजयीलाई नगदसहित पुरस्कृत गरिने छ । प्रथमले २१ हजार, दोस्रोले १६ हजार, तेस्रोले ११ हजार, सान्त्वनाले ५ हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषामा ३ र २ हजार रुपैयाँ दिइनेछ ।
अन्तरसामुदायिक भलिबल प्रतियोगितामा यस क्षेत्रका ८ सामुदायिक केन्द्रको सहभागिता रहने प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले बताए ।
कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघ सदस्य गोमा ढकालले विगतमा आफूहरुले तीजमा विभिन्न कार्यक्रम गरेको स्मरण गर्दै तीजलाई भड्किलोमुक्त रुपमा मनाउनुपर्ने सुझाव दिइन् ।
संस्थापक सचिव एवं सल्लाहकार गोविन्दराज पहारी, पूर्व अध्यक्ष एवं सल्लाहकार लक्ष्मीनारायण श्रेष्ठ, सल्लाहकार देवका पहारलगायतले विकृति विसंगति न्यूनीकरणमा कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा बैदाम क्षेत्रका सम्पूर्ण आमा समूहहरुको विशेष सहयोग रहेको सचिव नेत्रलाल भण्डारीले बताए । संस्थाका अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष उमा रेग्मी भण्डारी र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए । २०५८ सालमा स्थापित संस्थामा गत साउन १९ मा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९