पोखरा ३ भाद्र ।पोखरा-४, चिप्लेढुङ्गास्थित नेपाली भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले साधारणसभाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा तिवारी, नेपाली भूपू सैनिक कल्याणकारी बोर्ड इपी सेन्टर पोखरामा कार्यरत अवकासप्राप्त सेनानी यमलाल पौडेल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रवन्धक केदारनाथ उपे्रतीले शुभकामना मन्तव्य राखेका थिए ।२०७४ सालमा र्एसइर्इ परीक्षामा उत्तीर्ण शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वेदनिधि खनाल, कुशल थापा, प्रवीण सुवेदी, नविना रिमाल, एलिजा गुरुङ, अमृता पौडेल र सनिस श्रेष्ठ छन्।त्यस्तै, उत्कृष्ठ कर्जा तर्फबाट चन्द्रकला र्घर्ती र चिजा विश्वकर्मालाई सम्मान गरिएको थियो भने उत्कृष्ठ निक्षेपकर्ता उदासप्रसाद कलवार र उद्धिमबहादुर गुरुङलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा नेपाली भूपू सैनिकका परिवारका एकल महिलालाई समेत सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा मञ्जु अधिकारी, सुनिता भट्टराई, सावित्री सुवेदी, दुर्गा नेपाल सुवेदी, जमुना भण्डारी, हरिकला कुँवर, शान्ति भण्डारी, निरु खत्री, दुर्गादेवी थापा, कल्पनाकुमारी पौडेल, सावित्रा पौडेल, मिठूमाया गुरुङ, प्रभा ढकाल, र चिजा विश्वकर्मा छन् । त्यस्तै, वयोवृद्धवृद्धाको तर्फबाट थमबहादुर गुरुङलाई सम्मान गरिएको थियो।संस्थाको अध्यक्षको वाषिर्क प्रतिवेदन अध्यक्ष अवकासप्राप्त प्रमुख सेनानी उद्धिमबहादुर गुरुङले सचिवको प्रतिवेदन तथा संस्थाका सचिव मिनबहादुर बस्याल र लेखा परीक्षणको प्रतिवेदन कोषाध्यक्ष दुर्गा नेपाल सुवेदीले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष अवकासप्राप्त सेनानी उद्धिमबहादुर गुरुङको अध्यक्षताका भएको कार्यक्रमको स्वागत कर्जा असुली तथा नीति निर्माण उपसमितिका संयोजक अवकासप्राप्त सेनानी झुमप्रसाद शर्मा दाहाल र संचालन सचिव मिनबहादुर बस्यालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
पोखरामा खुल्यो होटल पौवा
होटल पौवाको ११ औं शाखा पोखरामा
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९