लमजुङ, २९ साउन। लमजुङमा मिस्टर एण्ड मिस लमजुङ-२०१८ तयारी गरिएको छ। न्यू क्रियशन इभेन्ट म्यानेजमेन्ट तनहुँ र लमजुङ जेसिजको संयुक्त आयोजनामा मिस्टर एण्ड मिस लमजुङ २०१८ हुने भएको हो ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जिल्लामा यदाकदा सौर्न्दर्य प्रतीयोगिता हुने गरेको भए तापनि युवायुवतीसँगै राखेर पहिलो पटक सो प्रतियोगिताको तयारी गरिएको न्यूृ क्रियशन इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष पवित्रा थापाले बताइन्। उनले युवामा लुकर रहेको प्रतिभा उजागर गरी व्यक्तित्व विकासको अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन्।
सो इभेन्टमा कुनै पनि व्यक्ति बाहिरी बनावटले मात्र सुन्दर देखिँदैन, उसलाई साँच्चै सुन्दर हुन आवश्यक पर्ने भन्ने लगायत टिप्स सिकाइने लमजुङ जेसिज वर्ष-२०१८ का अध्यक्ष अनुज अधिकारीले बताए। उनका अनुसार त्यसका लागि छनौट भएका प्रतियोगीलाई २५ दिने तालिम प्रदान गरिने छ।
सहभागीले तालिममा सिकेका विषय इभेन्टमार्फत क्षमता प्रस्तुत गर्नेछन्। तालिममा फोटो सुट, प्रोफाइल निर्माण, संस्कार संस्कृति, मोटिभेसन, नेतृत्व विकास, सामाजिक कार्यमा युवाहरूको रुचि र क्षमता विकास गरी रचनात्मक र सृजनात्मक काममा सरिक गराउन सकिन्छ भन्नेबारे प्रशिक्षण गराइने छ। साथमा अवलोकन भ्रमण समेत गराइने योजना छ ।
मिस्टर एण्ड मिस लमजुङ विजेतालाई ५० हजार, फष्ट रनरअपलाई ३० हजार, सेकेण्ड रनरअपलाई १५ हजार रुपैयाँ साथमा क्राउन, आकर्षक गिफ्ट हृयाम्र र सवर्टाईटल अवार्ड प्रदान गरिनेछ ।
प्रतियोगिताको लागि भदौ १ मा वेशीशहरमा अडिसन लिइने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले लमजुङ डान्स स्टुडियो हाइस्कूल चोक मार्फत फाराम भर्न सक्नेछन्। फाइनल असोज ५ मा लमजुङमा हुने आयोजकले बतायो ।
म्यानेज्मेन्ट अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङ, गण्डकी प्रदेशका सदस्य कमला केसी, पूर्व केन्द्रीय सदस्य किसान संगीत लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सञ्चारिका समूहका जिल्ला अध्यक्ष शान्ता कमलीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
प्रतिबिम्बन कथासंग्रह लोकार्पण
शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार
कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९