पोखरा, २७ साउन । लेखनाथ गगनगौंडाकी प्रिती पुन एकल नृत्य प्रतियोगिताको लिटिल च्याम्पियन बनेकी छन् । पोखराको रामबजारस्थित नवसाधना कला केन्द्रद्धारा आयोजना गरेको प्रतियोगिताको फाइनलमा प्रितीले २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिटिल च्याम्पियन बन्न सफल भएकी हुन् ।
लिटिल च्याम्पियनको उपाधिसहित प्रितीले नगद ३० हजार, ट्रफी हात पारेकी छन् । प्रतियोगितामा आकृति गुरुङ द्धितिय, श्रब्या गुरुङ तृतीय र सुबर्णरोका शान्त्वना भए । आकृतिले २० हजार, श्रब्याले १० हजार र सुबर्णे ५ हजारसहित ट्रफी पुरस्कार पाए ।
त्यस्तै, सुयन्सी गुरुङले उत्कृष्ठ भेषभूषा र तृप्ती गुरुङले अनुशासनको टाइटल जिते । उनीहरुले गिफ्ट हृयाम्परहरु हात पारे। वैशाखदेखि अडिसन शुरु गरिएको लिटिल च्याम्पियनका लागि ७ वर्षदेखि १२ वर्ष उमेरसमुहका करिब ५ सय भन्दा बढि प्रतिभाहरुले अडिसन दिएको कला केन्द्रका निर्देशक रबिन गुरुङले बताए ।त्यसैगरी, लेखनाथ पट्नेरीकी नेहासिंह सुनार कास्की च्याम्पियन बनेकी छन् । उनले कास्की च्याम्पियनको उपाधिसहित नगद ४० हजार, ट्रफी पुरस्कार हात पारेकी छन् ।
प्रतियोगितामा होममाया मगर द्धितिय, प्रेरणा गुरुङ तृतीय र सिता लामा शान्त्वना भइन् । होममायाले नगद ३० हजार, प्रेरणाले २० हजार र सिताले १० हजार नगदसहित ट्रफी हात पारे । सजिना गुरुङले उत्कृष्ठ भेषभूषा र आयुषा गुरुङले अनुशासनको टाइटल जित्दै गिफ्ट हृयाम्परहरु हात पारे । कास्की च्याम्पियनका लागि फाइनलमा १३ देखि २५ वर्ष उमेर समुहका ११ जनाले प्रतिस्पर्धा गरेका थिए। कास्की च्याम्पियनका लागि वैशाखदेखि करिब ४ सय भन्दा बढिले अडिसन दिएका थिए ।
प्रमुख अतिथि जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेश संयोजक मनकुमार श्रेष्ठले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।
लिटिल च्याम्पियन र कास्की च्याम्पियनका विजेताहरुलाई अनुशिलन पाठशाला र सरगम साँस्कृतिक कला केन्द्रले ६ महिनासम्म निःशुल्क नृत्य प्रशिक्षणका लागि प्रायोजन गरेको छ ।
कार्यक्रममा गीत संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै त्रिवेणी संगीतालयका संस्थापक नवराज बराललाई नगद १० हजार १ सय १० सहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो। त्यसैगरी, असहाय तथा बृद्धबृद्धाहरुको क्षेत्रमा कृयाशील पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमलाई कला केन्द्रद्धारा २५ हजार सहयोग गर्यो । आश्रमकी सुष्मा पौडेललाई केन्द्रका अध्यक्ष टकबहादुर गुरुङले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कलाकेन्द्रका अध्यक्ष टकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संचारकर्मी बिक्रम परियारले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९