काठमाडौँ, २३ साउन। वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा मंगलबार राति हृदयाघातका कारण निधन भएको छ ।
काठमाडौं आफ्नै निवासमा सुतेको अवस्थामा राति २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र २ दशकदेखि आफ्नो निवास (गुफा) बाट बाहिर निस्केका थिए ।
उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ २ वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुन् ।
उनका श्रीमती, २ छोरा र २ छोरी छन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ कलाकार एवं लेखक मनुजबाबु मिश्रको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन र आफन्तप्रति समवेदनासमेत व्यक्त गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचन स्मृतिमा लोकदोहोरी प्रतियोगिता हुने
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९