पोखरा, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ । उसले सो घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप समेत लगायो ।
पार्टीकेन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त घटनालाई नियन्त्रणकारी हस्तक्षेपको आरोप लगाउँदै आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सवोर्च्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षाका लागि क्रियाशील हुने गरेको हो ।
बैठकपछि पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको दोहोरो भूमिकाका कारण न्यायपालिकामाथि कार्यपालिका र व्यवस्थापिकाको नाङ्गो हस्तक्षेप पनि बढेको जिकिर गरे । प्रम ओलीले भावी प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्बाट दीपकराज जोशीको नाम सिफारिस गराएपछि संसदीय सुनुवाइ समितिमा पार्टीको हृवीप लगाएर उनैलाई अस्वीकृत गराउँदै दोहोरो भूमिका खेलेको शर्माले बताए ।
संवैधानिक परिषद्बाट सवोर्च्च अदालतको प्रधानन्यायाधीश पदमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिको यही साउन १८ गतेको बैठकले मतदानमार्फत बहुमतले अस्वीकृत गरेको थियो ।
जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्दा ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारीको ख्याल नगरी गलत नियतले परिषदबाट नाम सिफारिस गराएको दाबी पनि काँग्रेसले गरेको छ । ‘ओलीले गलत नियतबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गरेका कारण प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया दुर्घटनामा पर्यो,’ काँग्रेसले भनेको छ, ‘यो दुर्भाग्यपूर्ण घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा काँग्रेसले लिएको छ ।’
बैठकले लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याका काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्वसांसद कमलप्रसाद पगेँनीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । पगेँनीको साउन २० गते असामयिक निधन भएको थियो ।
यस्तै काँग्रेस नुवाकोटका पूर्वमहासमिति सदस्य विष्णु आचार्यको गत साउन १३ गते भएको असामयिक निधन र काँग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला विकास समितिका सभापति भैरु· धर्चे भोटेको गत साउन ९ गते भएको निधनप्रति पनि बैठकले गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेसले ती मृतात्माको चीरशान्तिको कामना गर्दै सबै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ
Related News
सम्बन्धित समाचार
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
हिन्दु राष्ट्र पुनस्र्थापना आवश्यक : लिङ्देन
कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि
अन्नपूर्णमा एमाले प्रशिक्षण
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९