काठमाडौँ, २२ साउन। धितोपत्र बजारमा केही कम्पनीका सेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीका सेयर घटे पनि बजारको शाख राखिरहेको छ।
नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बिमा कम्पनी र १५ वटा निर्जीवन बिमा कम्पनी सूचीकृत रहेका छन्। ती कम्पनीका सेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ।
निर्जीवन बिमा र जीवन बिमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्योहोरेका छन्। अरु कम्पनीका तुलनामा भने उनीहरूको लगानी हालसम्म कम जोखिममा नै रहेको छ। दोस्रो बजारमा सेयर खरिद गर्नेले केही घाटा व्योहोरेको भए पनि साधारण सेयर खरिद गर्नेलाई भने बिमाको सेयरले केही फरक परेको छैन। नेपालमा बिमाको अझै ठूलो बजार रहेको र आमनागरिक सहभागी भइनसकेकाले लगानीको अवसर बढी छ।
स्टकका अनुसार जीवन बिमा गर्दै आएका एशियन लाइफ इस्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ६ सय ३० मा कारोवार भइरहेको छ। सो कम्पनीको सेयर गत वर्षको तुलनामा ९ सय ९८ मा घटेको छ। गत वर्ष सो कम्पनीको सेयर १ हजार ६ सय २८ मा कारोवार भएको थियो।
यस्तै जीवन बिमा गर्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ८ सय ३६ मा कारोवार भइरहेको छ। यो कम्पनीको पनि गत वर्षको तुलनामा ठूलो कमी आएको हो। यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता १ हजार ६ सयमा कारोवार भइरहेको छ। गत वर्षको साउनमा सो कम्पनीको सेयर प्रतिकित्ता २ हजार ४ सय १६ मा खरिद बिक्री भएको थियो। यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ७ सय ६२ मा कारोवार भइरहेको छ। गत वर्ष साउनमा सो कम्पनीको सेयर २ हजार ४० मा खरिद बिक्री भएको थियो।
स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता १ हजार १२ मा खरिद बिक्री भइरहेको छ। गत वर्षको साउन २० मा सो कम्पनीको सेयर प्रतिकित्ता २ हजार २ सय ३६ मा खरिद बिक्री भएको थियो। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर भने केही कमजोर रहेको छ। सो कम्पनीको सेयर ५ सय १४ मा खरिद बिक्री भइरहेको छ। गत वर्षको साउन २० गते सो कम्पनीको सेयर प्रतिकित्ता २ हजार ७ सयमा कारोवार भएको थियो।
सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्तिा ५ सय ५२ मा खरिद बिक्री भइरहेको छ। सो कम्पनीको गत वर्ष १ हजार १ सय ७० मा खरिद बिक्री भएको थियो। नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा विगतको तुलनामा बिमा क्षेत्रको सेयरमा कमी आए पनि लगानीकर्ताको विश्वास भने कायमै रहेको बताउँछन्। उनले भने, “बिमा क्षेत्रमा लगानीको अझै ठूलो अवसर छ। धेरै ठाउँमा बिमा पुग्न सकेको छैन। गत वर्षको तुलनामा बिमा कम्पनीका सेयर केही घटे पनि लगानीकर्ताको विश्वास भने उस्तै रहेको छ।” बिमा क्षेत्रलाई अझै व्यवस्थित गर्नसके लगानीका थप अवसर सिर्जना हुने उनको भनाइ छ।
निर्जीवन बिमातर्फ हिमालयन जनरल इस्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ४ सय २६ मा कारोवार भएको छ। गत वर्ष सो कम्पनीको सेयर ८ सय २० मा खरिद बिक्री भएको थियो। आइएमइ जनरल इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ८ सय ३ मा खरिद बिक्रीमा छ। गत वर्ष साउनमा सो कम्पनीको सेयर १ हजार २ सय ६० मा खरिद बिक्री भएको थियो।
लुम्बिनी जनरल इस्योरेन्सको सेयर ५ सय १६ मा कारोवार भएको छ। गत वर्ष सो कम्पनीको सेयर प्रतिकित्ता १ हजार १० मा खरिद बिक्री भएको थियो।
यस्तै नेको इन्स्योरेन्सको प्रतिकित्ता ५ सय २०, एनएलजीको ८ सय ४२, प्रभु इन्स्योरेन्सको ४ सय ९७, प्रिमियर इन्स्योरेन्सको १ हजार ४८ र प्रुडेन्टियल इन्स्योरेन्सको ७ सय ३३ मा कारोवार भइरहेको छ।
यस्तै राष्ट्रिय बिमा कम्पनीको सेयर प्रतिकित्ता १० हजार ३ सय ५६ मूल्यमा खरिद बिक्री भइरहेको छ। गत वर्ष सो कम्पनीको सेयर १७ हजार ८ सय मूल्यमा खरिद बिक्री भएको थियो। सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर १ हजार ३ सय २५ मा खरिद बिक्री भइरहेको छ।
शिखर इन्स्योरेन्स कम्पनीको सेयर ९ सय १७ मा खरिद बिक्री भइरहेको छ। सिर्द्धार्थ इन्स्योरेन्सको ६ सय ६० र युनाइटेड इन्स्योरेन्सको सेयर प्रतिकित्ता ८ सय १७ मा खरिद बिक्री भइरहेको छ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९