शुक्लागण्डकीको बजेट सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७५
khairenitar

खैरेनीटार, २१ साउन । शुक्लागण्डकी नगरपालिकाको तेस्रो नगर सभाबाट पारित आर्थिक वर्ष२०७५/७६ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले नगरपालिकाको वाषिर्क विभिन्न कार्यक्रमबारे जानकारी गराए। उनले ६७ करोड ७५ लाख ८१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए।

बजेटको आयतर्फसंघीय सरकार वित्तीय समानीकरण अनुदानबाट १४ करोड ५ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट ९३ लाख २३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट १ करोड २५ लाख ४८ हजार, प्रदेश सरकार सवारीसाधन करबाट ७८ लाख १९ हजार ३ सय ११, संघीय सरकार सर्ःशर्त अनुदानबाट २४ करोड ७ लाख, सडक बोर्ड नेपालबाट ५० लाख, सामाजिक सुरक्षाबाट ९ करोड ३० लाख, गरिबसँग विश्वेश्वरबाट ४ लाख, आन्तरिक स्रोतबाट ५ करोड, नगर सहभागिताबाट २ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

यस्तैगरी, व्ययतर्फवडागत विकास खर्चमा ९ करोड ९९ लाख ८१ हजार २ सय ४, नगरस्तरीय पूर्वाधार योजनामा १२ करोड ३८ लाख, सामाजिक विकासमा २ करोड ४१ लाख, आर्थिक विकासमा १ करोड ७४ लाख, वन वतावरण र विपद् व्यवस्थापनतर्फ५८ लाख, संस्थागत सेवा तथा सुशासनतर्फ४९ लाख, सर्ःशर्त अनुदानतर्फ२४ करोड ७ लाख, प्रशासनिक खर्चमा ६ करोड ७५ लाख, सामाजिक सुरक्षामा ९ करोड ३० लाख र गरिबसँग विश्वेश्वरमा ४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रमुख अतिथि केन्द्रिय सांसद केदार सिग्देलले व्यावसायिक, वैज्ञानिक, कृषि पेशा अपनाउनु पर्ने बताए। उनले जल, जमिन, जंगल, खनिज जस्ता अनुपम निःशुल्क प्राप्त प्राकृतिक उपहारलाई सही सदुपयोग गर्नुपर्ने पनि जनाए।

प्रदेश सांसद आशा कोइरालाले गण्डकी प्रदेशलाई नमूना बनाउने गरि कार्यविधि निर्माण भइरहेको बताइन्। उनले कृषि, पर्यटन, उद्योग र भौतिक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना प्रदेश सरकारले बनाउँदै गरेको पनि जनाइन्। यस्तै, केन्द्रबाट आउने विकासलाई स्थानियले नकारात्मक रुपमा लिन नहुने पनि बताइन्।

कार्यक्रममा नेकपाका श्रीप्रसाद श्रेष्ठ, साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रिय सहसचिव रामचन्द्र उपाध्याय, सामुदायिक वन उपभोक्ता महासंघ, तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ तिम्सिना, नेकपाका परशुराम भण्डारी, नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नेपाली काँग्रेसका शुक्लागण्डकी नगर सचिव गोविन्द भट्टर्राई, खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सूर्यकला ढकाल, दुलेगौंडा बजार इकाइ सभापति राजकुमार वाग्ले लगायतले बोलेका थिए।

नगरपालिकाकी उपमेयर सविता रसाईलीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत नवराज पण्डित र सञ्चालन सूचना अधिकारी त्रिलोचन लम्सालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…
  • पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।…

hero news full width