काठमाडौँ, २१ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ।
नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५ सय ३० अमेरिकन डलरबाट ४ सय ११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ। अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत ४ सय ११ अमेरिकी डलर अर्थात ४५ हजार २ सय ९२ रुपैँया तिर्नुपर्नेछ। इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।
बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए। सिलिङ्स ट्राभल्स एण्ड टुर्स प्रालिले नेपाली कामदारलाई सबैभन्दा कम मूल्यमा हवाई टिकट उपलब्ध गराउने बोलकबोलसहित आइतबार टेण्डर पाएको हो। सिलिङस ट्राभल्सले अब कोरिया जाने नेपाली कामदारलाई ४५ हजार २ सय ९२ मा हवाई टिकट उपलब्ध गराउनेछ। उक्त ट्राभल्ससँग नेपालबाट सिधैँ दक्षिण कोरियाको सियोलसम्मको हवाई टिकट उपलब्ध गराउनुपर्ने सम्झौता गरिएको छ। कोरिया जाने नेपाली कामदारलाई काठमाडौँ-सियोल सिधा उडान नभए ६ घन्टा भन्दा कम ट्रान्जिट भएको हवाई टिकट उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ।
प्रतिस्पर्धाका माध्ययमबाट हवाई भाडा निर्धारण गर्दा कोरिया जाने नेपाली कामदारले तिर्ने रकममा वाषिर्क १० करोडभन्दा बढी बचत हुने निर्देशक खनालले बताए। उनले भने, “विदेश जाने कामदारले तिर्ने रकम र लागतमा कम गर्राई नेपाली कामदार लक्षित कार्यक्रम ल्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिअनुरुप हवाई भाडाका लागि टेण्डर गरिएको हो।” हाल वाषिर्क करीब ८ हजारको संख्यामा नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जाने गरेका छन्। सन् २००८ देखि इपिएस प्रणाली लागू भएसँगै दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई भाडाबापत ५ सय ४१ अमेरिकी डलर र २०७३ पुसदेखि ५ सय २९.७५ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ’ ५८ हजार २७२ सम्बन्धित ट्राभल्स एजेन्सीलाई बुझाउँदै आएका थिए। नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन्। कोरियामा कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारले अन्य देशको कामदारले भन्दा उत्कृष्ट काम गर्दै आइरहेका छन्। त्यस्तै औद्यौगिक क्षेत्रमा काम गर्ने नेपाली कामदारले पनि अन्य मुलुकका कामदारको तुलनामा इमान्दार काम गर्दै आएका छन्। हाल नेपाललगायत १६ मुलुकबाट वाषिर्क करीब ५० हजार कामदार इपिएस प्रणालीमार्फ दक्षिण कोरिया जाने गरेका छन्। नेपाली कामदारले मासिक १ लाख ५० हजारदेखि २ लाखसम्म पारिश्रमिक पाउँदै आएका छन्। रासस
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९