पोखरा, १९ साउन । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्ने भएका छन्।
उनी आइतबारदेखि बिदामा बसेपछि वरिष्ठतमको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चका पेशी तोक्ने सवोर्च्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए। समितिको औपचारिक निर्णय आएपछि उनले राजीनामा दिने-नदिने बारेमा सोच्नेछन् ।
उनले प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि नैतिकताका आधारमा राजीनामा दिन्छन् कि दिन्नन् भन्ने आमचासो छ। उनले राजीनामा नदिए न्यायाधीश भएर काम गर्न सक्छन्।
संवैधानिक परिषद्ले डेढ महिनाअघि जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। संविधानमा उच्च नैतिक चरित्र भएका र सर्वोच्च अदालतमा ३ वर्ष काम गरेका न्यायाधीशलाई प्रधानन्यायाधीश हुने व्यवस्था गरेको छ। योग्यता पुगेकामध्ये वरिष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने चलन थियो। वरिष्ठलाई मात्र प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था भने छैन। यसपालि समितिले दुर्इतिहाइ मत आधारमा परिषद्को सिफारिसलाई अस्वीकृत गरेको हो ।
Related News
सम्बन्धित समाचार
चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
‘केपी ओली सत्तामा आउने बाटो सकियो’
नेपालको छलफल दिल्लीमा गर्ने होइनः बिजुक्छे
गठबन्धनका एउटै निर्वाचन चिन्ह !
राष्ट्रिय खेलकुदमा भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९