प्रथम गुरु स्मृति महोत्सवमा कवि सम्मेलन

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५

पोखरा, १९ साउन।महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल देवघाट धामको रजत वर्ष महोत्सव-२०७५ तथा प्रथम गुरु स्मृति महोत्सवको अवसरमा कवि सम्मेलन भएको छ।

पोखरा-१९ पुरुन्चौर काउरेस्थित अम्बरेश्वर सन्यास आश्रममा शनिवार आयोजित उक्त सम्मेलनमा ब्रह्मलीन गुरु डा. रामानन्द गिरीको स्मरण गर्दै १६ जना कविले आफ्नो रचना वाचन गरे।

सम्मेलनमा डा. जगन्नाथ रेग्मी, रुद्रबहादुर थापा, शाल्रि्राम आचार्य, माधव वियोगी, सूर्य खड्का बिखर्ची, नारायण बास्तोला, बासुदेव अधिकारी, टेकनाथ पोखरेलले कविता प्रस्तुत गरेका थिए।

यसैगरी सीतादेवी आचार्य, मनिष गौतम, गीता सुनार, भुवानीप्रसाद बराल, विष्णुप्रसाद बास्तोला, आवाज शर्मा, प्रकाश पौडेल, श्रवण पौडेलले रचना वाचन गरेका थिए।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले आध्यात्मिक ज्ञानले मानिसलाई सत्मार्गतिर डोर्याउने बताए। साथै आध्यात्मिक ज्ञानका अभावले राज्यका अंगले पनि राम्रो काम गर्न नसक्ने उल्लेख गर्दै उनले भने- सांसारिक लोभलालच नराख्नेले मात्र जनतालाई न्याय दिन सक्दछ।

उनले संस्कृत भाषा वैज्ञानिक भाषा भएको उल्लेख गर्दै विश्वमा संस्कृत भाषाका विद्वान्हरुले गर्व गर्ने दिन छिट्टै आउने बताए।

जिल्ला न्यायाधीश रमानाथ पौडेलले मानिसले आफ्नो आचरण शुद्ध राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा अध्यक्षको आशनबाट बोल्दै आश्रमका पीठाधीश रमणानन्द गिरीले ब्रहमलीन गुरु डा. रामानन्द गिरी टाढा नजानुभएको र हाम्रै हृदयमा बिराजमान भै आशीवाद प्रदान गरी रहनु भएको बताए। साथै उनले माघमा देवघाटधाम विराट ज्ञान महायज्ञ गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

त्यस अवसरमा समाजसेवी गोविन्दबहादुर केसीले आश्रमलाई एक लाख ५५ हजार रुपैयाँ प्रदान गरेका थिए।

कार्यक्रममा केदारेश्वर महादेवमणि सेवाश्रम समिति बैदामका पीठाधीश डा. लेखनाथ आचार्य, पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेल, नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीलगायतले मन्तव्य राखेका थिए। अमरेश्वर सन्यास आश्रमका सदस्य सचिव नारायण अधिकारीको स्वागत मन्तव्य तथा स्वामी गोकुलानन्दको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रमको सञ्चालन महेश संस्कृत गुरुकुलका अध्यापक पर्वतराज घिमिरेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बंगलादेशमा घन्कियो रेशम फिरिरी …

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा ।  बंगलादेश–नेपालको कुटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । फागुन ३० देखि चैत…
  • ‍‍‍‍‍‌‌‌… अनि दुर्गा बराल बने वात्स्यायन‍‍‍

    रूपनारायण ढकाल चैत्र ४, २०७९
    पोखरा ।  नेपाली चित्रकलाजगत्का शीर्षस्थ प्रतिभा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आजदेखि ८१ वर्षमा प्रवेश गरेका छन् । चित्रकलाका यीनै हस्ती…
  • वात्स्यायनको अभिनन्दन तथा रथारोहण

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०७९
    पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।  पोखरेली कलाकार वात्स्यायनको सम्मानमा …
  • देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को अव्यक्त पीडा (मुक्तक संग्रह) र दोषी नजर (गीति एल्बम) शुक्रबार लोकार्पण भयो ।…
  • रत्नमानको ३ भाषाको पुस्तक

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । उनको पहिलो कृति ‘भाषा, व्याकरण…

hero news full width