पोखरा, १८ साउन। लोककवि अलि मियाँको शतवाषिर्की तथा १२ औं स्मृति दिवस सर्न्दर्भमा झोरा तथा घाटु नाच संरक्षणमा महत्वपूर्ण योगदान गरेकोमा गायिका मनकुमारी गुरुङलाई सम्मान गरिएको छ ।
लोककवि अलि मियाँ वाङ्मय प्रतिष्ठानले स्याङ्जाको ज्यामिरेमा आयोजना गरेको समारोहमा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले उनलाई सम्मान गरेकी हुन्।
सो क्रममा मेयर क्षेत्रीले लोककवि अलि मियाँले देखाएको बाटो हिड्न सके साहित्यको विकास हुने बताइन्। उनले यस क्षेत्रको साहित्य तथा लोक संस्कृतिको विकास गर्न सक्दो सहयोग गर्ने बताउँदै धर्म र संस्कृति बचाउन नगरपालिका लागिपर्नै प्रतिबद्धता गरिन् ।
सम्मानित व्यक्तित्व गुरुङले प्रतिष्ठानको सम्मानप्रति आभार व्यक्त गर्दै झोरा,घाटु र झाप्प्रेको विकासमा आफू सधैँ लागिपर्ने बताइन् ।
कार्यक्रममा नवदृष्टि युवा परिवारका अध्यक्ष भक्तबहादुर गुरुङले लोपोन्मुख झोरा,घाटु र झाप्प्रे नाच बचाउन यो सम्मानले गाउँवासी नै उत्साहित भएको बताए।
ज्यामिरे टोल विकास संस्थाका अध्यक्ष सनबहादुर गुरुङले प्रतिष्ठानले गाउँ-गाउँमा आएर सम्मान गरेकोमा खुशी व्यक्त गरे।
प्रतिष्ठान अध्यक्ष हनिफँ मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य पदमराज उदासीले स्वागत र कोषाध्यक्ष तुलसी प्रवासले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचन स्मृतिमा लोकदोहोरी प्रतियोगिता हुने
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९