पोखरा, १७ साउन। लोककवि अलि मियाँको १२ औं स्मृति दिवसका सन्दर्भमा साहित्यकार गेहेन्द्रभूषण पोखरेलीको कवितासङ्ग्रह “तसवीर र कवितामा मेरो प्राकृत पोखरा” कवितासंग्रह विहीवार विमोचन गरियो।
प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कवितासंग्रह विमोचन गर्दै साहित्यले सधैँ विकृति, विसङ्गतिविरुद्ध तथा राष्ट्रियता र देश निर्माणका पक्षमा सन्देश दिने भएकाले साहित्यकारका विचार र भावनााई राजनीतिज्ञले आत्मसात गर्नुपर्ने बताइन्। कवितासङग्रह समीक्षा गर्दै समालोचक प्राडा रविलाल अधिकारीले पोखरेलीका कवितामा प्रकृति र राष्ट्रियताको गहिरो भाव रहेको बताए।
कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, साहित्यकार डा. बाबुराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत उपाध्यक्ष हरिदेवी कोइरालाले र सञ्चालन सचिव पद्मराज ढकालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९