पोखरा, १३ साउन ।सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका कम्युनिष्ट स्टालिन र किमजोङ उनको प्रशिक्षणले नभई मदन भण्डारीको उपज भएको बताएका छन् ।
दयाशंकर स्मृति पत्रकारिता सम्मानबाट पत्रकार धमेन्द्र झालाई सम्मान गरेपछि सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको दुर्इ तिहाइबाट नआत्तिन आग्रह गरे ।
‘काँग्रेस पनि नेपालकै माटोमा हुर्किएको हो । कम्युनिष्ट पनि यही माटोको उत्पादन हो,’ उनले भने, ‘कम्युनिष्टले जित्दा चाहीँ आत्तिनुपर्ने के छ ? नेपालको कम्युनिष्ट स्टालिन र किमजोङ उनबाट प्रशिक्षित भएको पार्टीहोइन, मदन भण्डारीले दिक्षित गरेको पार्टीहो ।’
उनले सञ्चार क्षेत्रमा नयाँ कानुनको निर्माणमा सरकार लागेको बताएका छन् । साना लगानीका सञ्चार माध्यमको विज्ञापन सम्बन्धी खास कानुन निर्माणको काम थालेको उनको भनाई छ । पत्रकारिताको खास मानक हुने भन्दै उनले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे । ‘डिजिटल सञ्चारमाध्यमको वर्गिकरण हुँदैछ । सामुदायिक र व्यावसायिक रेडियोको वर्गिकरण, मिडिया काउन्सिलको स्थापनालगायतका काम अघि बढिसकेको छ,’ उनले भने, ‘सञ्चारमाध्यम आलोचक हुनुपर्छ । सरकारलाई फिडब्याक आउँछ ।’
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सञ्चार माध्यमले सकारात्मक आलोचना गर्नुपर्ने बताए ।
मुलुकको समृद्धिको यात्रामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ । गण्डकी प्रदेशका विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले चाहीँ सञ्चार माध्यमले प्रतिपक्षको आवाज निकाल्नुपर्ने बताए । उनले बलियो लोकतन्त्रमा सदैव पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष झालाई ३३ हजार ३ सय ३३ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । सम्मान ग्रहणपछि झाले पत्रकारिताको विश्वसनीयतालगायतका विषयमा प्रश्न उठेको बताउँदै पत्रकारितालाई समाजले नियमन गर्ने जनाए । उनले पत्रकारिता सँधै स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।
पुरस्कारका संस्थापक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रतिभा छनौट समितिका संयोजक माधव शर्मालगायतले बोलेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद तिमिल्सीनाले गरेका थिए भने उपाध्यक्ष विमला भण्डारीले स्वागत गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
सुरजले ल्याए ‘साइकल’
कल्याण शेरचन स्मृतिमा लोकदोहोरी प्रतियोगिता हुने
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९