पोखरा, १३ साउन । सुनचाँदी व्यवसायी संघ कास्कीको पाँचौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ । त्यस अवसरमा संघको भवन खरिदका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
साधारणसभाले महासचिव मनबहादुर लाम्गादेले प्रस्तुत गरेको वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष सोभितमान बुद्वाचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभा उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सरकारसँग छलफल गरी सुनचाँदी व्यवसायीका लागि छिट्टै निदेशिका जारी गर्ने तयारी भैरहेको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले व्यवसायिक एकतामा जोड दिए ।
त्यस अवसरमा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक विशाल तामाङ्, नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य केशबहादुर सुनार, पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष डीबी भुजेल, फर्निचर एवं फर्निसिङ व्यवसायी संघका अध्यक्ष हिरामणि पण्डित, फ्लोरिङ फर्निसिङ् व्यवसायी संघका अध्यक्ष माधव भण्डारी, म्याग्दी सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रप्रकाश बराइली, पर्वतका अध्यक्ष विकास सुनार, तनहुँका अध्यक्ष कृष्णबहादुर सुनार, गोरखाका बरिष्ठ उपाध्यक्ष टेकबहादुर सुनार, नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीका उपाध्यक्ष रामबहादुर वि.कं र स्वर्णकार कल्याण समिति कास्कीका उपाध्यक्ष राजेश खड्काले बोलेका थिए ।
सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भविन्द्र विश्वकर्माले धन्यवाद ज्ञापन र महासचिव मनबहादुर लाम्गादेले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९