गण्डकी र युनियनबीच बैंकास्योरेन्स सम्झौता

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७५

पोखरा, ७ साउन । गण्डकी विकास बैंक लिमिटेड र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णे हस्ताक्षर गरेका छन् ।

सम्झौता युनियनले जारी गर्ने विभिन्न जीवन बिमा योजना गण्डकी विकास बैंकको देशभर रहेका शाखा कार्यालयबाट उपलब्ध हुने छन्।

गण्डकी विकास बैंक लि. केन्द्रिय कार्यालय सहित देशैभरी फैलिएका आफ्ना ६८ शाखा कार्यालय मार्फत पूर्णकालीन बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  बैंकले ग्राहकको लागि आर्कषक व्याजदरका विभिन्न निक्षेप योजना परिचालन गर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह समेत गर्दैआएको छ।

यसका अतिरिक्त बैंकले एबीबीएस, एटिएम, एसएमएस, सीआस्वा, आईपीएस, मोवाइल बैंकिङ सेवा लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रिय कार्यालय लगायत केही शाखाबाट ३६५ दिने बैंकिङ सेवा तथा सन्ध्याकालीन सेवा समेत प्रदान गर्दै आएको छ । यस्तै न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आबद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ।

साथै बैंकका विभिन्न ठाँउमा ९ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन्। यस पश्चात बैंकका ७७ वटा शाखा र देशका सातै प्रदेशबाट बैंकिङ सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

    धनबहादुर गुरुङ असार ३१, २०८१
    पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ ।…
  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…
  • इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

    आदर्श समाज सम्वाददाता असार १५, २०८१
    पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा…

hero news full width