पोखरा, १ साउन । नेपाली फिल्म ‘चि मुसी चि’ को रिलिज डेट नजिकिँदा निर्माण यूनिट प्रचार क्रममा देश दौडाहामा छ । पोखरा आएको निर्माण पक्षले मंगलबार पत्रकार सम्मेलन गरी फिल्मबाट निकै आशा गरेको बतायो ।
साउन ११ देखि देशव्यापी प्रदर्शन हुने सो फिल्मका निर्देशक दिनेश श्रेष्ठले फिल्मको शीष्ाक कमेडी जस्तो लागे पनि फिल्म म्यूजिकल ड्रामा जानरामा बनेको बताए।
‘चि मुसी चि बालापनको खेल जस्तै हो, तर फिल्ममा पात्रहरु बिचको जालझेलको खेल छ’ निर्देशकले भने – ‘फिल्मलाई लिएर निकै आशावादी छौ।’ फिल्म शकुन्तला र कामचोर पछी निर्देशक श्रेष्ठको यो तेस्रो निर्देशकिय सिनेमा हो। अभिनेता सुशान्त कार्कीले आफूले केही समयको अन्तरालपछि राम्रो स्कृप्टमा काम गरेको जिकीर गरे।
फिल्म युनिटले देशव्यापी सांगेतिक टुर पनि गरिरहेको छ। फिल्मका कलाकारसँगै नेपाल आइडलबाट परिचित गायिका सुजता पाण्डे पनि साथमै छिन्। मंगलबार पनि फिल्मका कलाकारले सभागृह र छोरेपाटनमा कर्न्र्सट गरे ।
फिल्ममा शुसान्त कार्की, सुनिल क्षेत्री, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी लगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा शिवराज कार्की, अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङल लगानी गरेका हुन्।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९