पोखरा, ३२ असार ।गोपीबहादुर भट्टराइले नेप्लीज इन्काउण्टर पोखरा ओपन भेट्रान टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
कास्की जिल्ला टेनिसको मासिक कार्यक्रम तथा नेप्लीज इन्काउण्टरद्वारा आयोजित प्रतियोगिताको हालैमात्र पोखरा रंगशालामा भएको फाइनल खेलमा विकास गुरुङलाई पराजित गदै भट्टराईले सो उपाधिमा आफ्नो नाम लेखाएका हुन् ।
पहिलो सेटमा ६-३ ले पराजित भएका विकासले दोश्रो सेटमा भट्टराईलाई ६-३ कै जवाफ फर्काएका थिए । तर सुपरर्टाईमा अग्रता कायम गरेको खेललाई जोगाउन नसक्दा गुरुङले उपविजेतामै चित्त बुझाउन पर्यो । मन्थ्ली टेनिसमा भट्टराईको यो दोश्रो उपाधि हो । यसअघि पहिलो संस्करणको प्याराडाइज कपमा उनी विजेता तथा तेश्रो संस्करणको मेसुका कपमा उपविजेता बनेका थिए ।
विजेता खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारी, कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थलगायतले नगदसहित ट्रफी पुरस्कार प्रदान गरेका थिए ।
संघ कास्कीका सचिव लोक गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९