दरौ सिरुबारी सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७५

पोखरा, ३२ असार। लोकगायक राजु परियारको बहुप्रतिक्षित म्यूजिक भिडियो ‘दरौ सिरुबारी’ युट्वमार्फत सार्वजनिक भएको छ।

सो भिडियोलाई श्यामशुक्ला फिल्म प्रोडक्सन, पोखराको आधिकारिक युट्व च्यानल श्याम शुक्ला इन्टरटेनमेन्टले शुक्रबार सार्वजनिक गरेको हो ।

गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङको प्रस्तुतिमा लालीगुराँस ड्रेस तथा कल्चर सेन्टरले निर्माण गरेको दरौ सिरुबारीले यसअघि सवोर्त्कृष्ट लोकगीत, म्यूजिक खबर अवार्ड-२०७२ र चौथो बायो अवार्ड २०७३ जितेको थियो ।

सुन्दर सिरुबारीको विभिन्न स्थल समेटेर निर्माण गरिएको भिडियोलाई चर्चित निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन्।

ताराबहादुर गुरुङ, मोनिका दाहाल र तेज गिरीको अभिनय गरेको भिडियोलाई प्रकाश गुरुङ काशले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन छ । राजु परियारको शब्द, जयकुमार परियारको संगीत रहेको सो भिडियो निर्माण लक्ष्मी गुरुङले गरेकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width