पोखरा, ३० असार । पोखरा महानगरपालिका वडा ९, महेन्द्रपुलमा रहेको एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालि र मणिपाल सिटि एण्ड गिल्सबीच सर्म्बर्द्धन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतापछि लाखौ रुपैयाँ खर्च गरेर विदेशमा महँगो शुल्क तिरेर पढ्न जानुपर्ने बाध्यता अन्त्य हुने र नेपालमा नै अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त युकेको सिटि एण्ड गिल्सको प्रमाणपत्र सहित होटलसम्बन्धी विभिन्न तालिम प्रदान गरिने एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिका संचालक मुकेश कुमार गुरुङले जानकारी दिए । विगत १ सय ४० वर्षदेखि बेलायत लगायत विश्वका १ सय ३८ वटा देशमा आफ्नो शाखा विस्तार गरी सेवा दिँदै आएको र सम्झौतापत्रमा हस्ताक्षर भएपछि होटल म्यानेजमेन्टको क्षेत्रमा पोखराले पनि नयाँ फड्को मार्ने मणिपाल सिटि एण्ड गिल्सका दक्षिण एसिया निर्देशक जैन चौहानको भनाइ छ ।
एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिले होटल म्यानेजमेन्टसम्बन्धी सिटि एण्ड गिल्सको तह-३ सम्म आफ्नो सेवा प्रदान गर्ने छ ।
अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम समावेश गरिएको यस तालिम पश्चात देश/विदेशमा रोजगारीको अवसर मिल्नुको साथै स्वरोजगारको लागि पनि टेवा पुग्ने बताइएको छ ।
अष्टे्रलिया, न्यूजिल्यान्ड, यूरोप लगायत ८० वटा देशमा विद्यार्थीले तह ३ पछि उच्च शिक्षाको लागि आवेदन भर्न पाउने छन् ।
नेपालमा विकासको लहर चलिरहेको अवस्थामा एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिले नेपालमै युकेको सिटि एण्ड गिल्सको प्रमाणपत्र सहितको तालिम दिएर होटल व्यवसाय क्षेत्रमा नयाँ आयाम थप्ने प्रबन्ध निर्देशक महेश श्रेष्ठले बताए ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९