पोखरा, २३ असार।पृथ्वी नारायण क्याम्पस नेपाली विभागद्वारा प्रकाशन हुँदै आएको अनुसन्धानात्मक जर्नल पृथ्वी वाङ्मय दसौं अङ्कको एक समारोहबीच लोकार्पण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले एउटा प्राज्ञिक थलोबाट प्रकाशन हुने अनुसन्धानात्मक जर्नलले विद्यार्थीलाई अनुसन्धानमूलक कार्यका लागि प्रेरणा भएको बताए।
पत्रिकाको समीक्षा गर्दै प्राडा रामचन्द्र पोखरेलले नेपाली विभागले सिङ्गो क्याम्पसको गरिमा बढाउन र विभागलाई क्रियाशील राख्नका लागि गर्दै आएका गतिविधि स्तुत्य रहेको बताउँदै विगतका भन्दा यस अंक स्तरिय भएको धारणा व्यक्त गरे।
कार्यक्रममा अंग्रेजी विभागका विभागीय प्रमुख प्राध्यापक विश्वराज अधिकारी, सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेल, पत्रिकाका सम्पादक डा. यमनाथ तिमिल्सिनालगायतले बोलेका थिए।
अध्यक्षको आसनबाट बोल्दै विभागीय प्रमुख सहप्राध्यापक कृष्णप्रसाद पौडेलले विभागले आयोजना गर्ने विभिन्न कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।
कार्यक्रमको सञ्चालन उपप्राध्यापक गिरबहादुर खड्काले गरेका थिए।
Related News
सम्बन्धित समाचार
लोकराजको ‘छाइल’ माथि विमर्श
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९