पोखरा, ६ असार । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौं न्यूरोडमा शाखा बिस्तार गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गरे।
कार्यक्रममा नेपाल आदर्श माध्यामिक विद्यालय न्यूरोडका विद्यार्थीलाई स्टेशनरी प्रदान गरिएको थियो।
शाखा उद्घाटन समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष सुशीलकुमार गोशलीले बैंकले जर्मनीको केएफडब्लु बैंकसं’ग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गरेको, ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा प्रदान गरेको, बिनाधितो १५ लाख रुपैयाँसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको र भविष्यमा विभिन्न आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने जानकारी गराए ।
बैंकले चालु आवको जेठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।
यस्तै शाखा ५३, कर्मचारी ४ सय २६ जना, ग्राहक संख्या करिब २ लाख ३५ हजार जना, एटिएम काउन्टर १७ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए।
विकास बैंकमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने ओम पहिलो बैंक हो ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९