गण्डकी विकास बैंक अध्यक्ष गौचनको शपथ

आदर्श समाज सम्वाददाता
असार ५, २०७५

पोखरा, ४ असार । गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष सुशील गौचनले सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट शपथ ग्रहण गरेका छन् ।

गत जेठ २५ मा बसेका बैंकको १० औं वाषिर्क साधारण सभाले सुशील गौचन, पद्मप्रसाद पौडेल, किशोर ओझा, नारायणबहादुर बानियाँ, कृष्णबहादुर थापा र वासुदेव त्रिपाठीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको थियो ।

पछि नवनिर्वाचित सञ्चालकको बैठकले गौचनलाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

पोखरामा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंकको साधारण सभापछि बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले जानकारी दिए ।

चुक्ता पुँजी आधारमा गण्डकी नेपालको सबैभन्दा धेरै चुक्ता पुँजी भएको विकास बैंक भएको बैकको दाबी छ ।

बैंकले नेपालको पूर्वदेखि पश्चिमसम्म ६२ वटा शाखा सञ्चालनमा ल्याएको छ भने थप १५ वटा शाखा चालु आवभित्र सञ्चालनमा ल्याउन तयारी गरेको बैंकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

    धनबहादुर गुरुङ असार ३१, २०८१
    पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ ।…
  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…
  • इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

    आदर्श समाज सम्वाददाता असार १५, २०८१
    पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा…

hero news full width