पोखरा, २८ जेठ । महेन्द्रपुलमा पोखरा मोवाइल टावर सञ्चालनमा आएको छ ।
पाँचतले आधुनिक भवनमा सबैजसो कम्पनीका मोवाइल होलसेल बिक्री गर्ने गरी मोवाइलको मात्र बजार शुरु भएको हो । यहाँ ८० वटा सटरमा मोवाइल पसल रहने छन् । अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निःशुल्क पार्किङ व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पाट्सका समेत पसल छन् । ग्राहकलाई मध्यनजर गरी निःशुल्क वाइफाइ पनि सुविधा छ । टावरमै कार्यालय रहेको वर्ड लिंकले निशुल्क वाइफाइ उपलब्ध गराएको हो ।
करिब ८० प्रतिशत सटर बुकिङ भइसकेको पोखरा मोवाइल टावर सञ्चालक समिति अध्यक्ष उदय केसीले जानकारी दिए । ‘धेरैजसो सटरबाट कारोबार शुरु भइसकेको छ । बाँकी केही सटर पनि चाँडै बुकिङ हुने अपेक्षा गरेका छौं ।’
बिनाझन्झट एकै स्थानमा छानीछानी मोबाइल खरिद, सर्भिसिङ लगायत सेवा उपलब्ध रहेकाले टावर मोवाइल पारखीको रोजाइमा पर्ने उनले बताए ।
भिभो, ओप्पो लगायत ९ कम्पनीका सर्भिस सेन्टर रहेको टावरमा ४ वटा बैंकका एटिएम रहने समिति सचिव नारायण सुवेदीले बताए । अस्वस्थकर प्रतिष्पर्धा, महँंगो घरभाडा जस्ता कारणले छरिएर व्यवसाय गर्न असहज महसुस गरेका व्यवसायीलाई टावरमा आउन उनले अनुरोध गरे । व्यवसायको सुनिश्चितताका लागि १५ वर्षसम्मको सम्झौता गर्न सकिने पोखरा मोवाइल टावरले जनाएको छ । आगामी साउन १ गतेबाट टावर पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९