सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५

पोखरा, २६ जेठ। मुक्तक मञ्च पोखराद्वारा सञ्चालित राष्ट्रिय मुक्तक पुरस्कार-२०७४ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलाई अर्पण गरिएको छ।

साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार कोषबाट नेपाली मुक्तकको उत्थानमा विशेष योगदान पुर्‍याउने स्रष्टालाई उक्त पुरस्कार वितरण गरिदै आएकोमा तेस्रो शृङ्खलामा श्रेष्ठलाई प्रदान गरिएको हो।

यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा पुरस्कृत भइसकेका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले २२ हजार २ सय २२ रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सरुभक्तलाई पुरस्कार अर्पण गरेका थिए।

कार्यक्रममा पुरस्कारका संस्थापक अल्पविराम, प्रतिभा छनौट समितिका संयोजक दीपक समीप, प्राज्ञ तीथ श्रेष्ठ, मञ्चका सचिव रामजी आचार्य, अध्यक्ष प्राञ्जललगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • समता काव्य सन्ध्यामा छन्द कविता वाचन

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४८ औं शृङ्खला सम्पन्न…
  • स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    काठमाडौं । वरिष्ठ अर्थशास्त्री एवं लेखक स्वर्णिम वाग्लेको पुस्तक अतृप्त अवसर सार्वजनिक गरिएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आइतबार…
  • बलात्कारविरुद्ध पोखरामा प्रदर्शन

    आदर्श समाज सम्वाददाता जेठ ७, २०७९
    पोखरा, ७ जेठ । सुन्दरी प्रतियोगितामा भाग लिएकी एक युवतीलाई आयोजकले नै बलात्कार गरेको घटनाको तरंग तालनगरीसम्म आइपुगेको छ । ८…
  • नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०७९
    पोखरा, २२ वैशाख । नेकपा एमालेका उम्मेदवार जिताउन एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कास्की जिल्ला कमिटीले रचनात्मक सांस्कृतिक कार्यक्रमसहित…
  • ‘छाइल’ उपन्यासमाथि विमर्श

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०७९
    काठमाडौं । सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको टिप्पणी गरिएको छ…

hero news full width