उज्यालोमा आगलागी, २ करोड क्षति

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
ujyalo-bajar

पोखरा, २६ जेठ । पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरुको समूहले खोलेको ‘उज्यालो बजार’मा शुक्रबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ।

चिप्लेढुंगास्थित सिर्द्धार्थ मिनीमार्केटमा सञ्चालनमा रहेको उक्त बजारमा शुक्रबार मध्यरात करिब १२ बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन कार्कीले जानकारी दिए।

आगलागीबाट बजारका ६० वटा सटरमध्ये १७ वटा सटर पूर्ण रुपमा जलेको, १७ वटा सटर आंशिकरुपमा क्षति भएका छन् । २४ वटा सटरमा भने सुरक्षित छन् ।

डीएसपी कार्कीका अनुसार राति २ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो। २ घण्टासम्म नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए। विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। दृष्टिविहीन भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशीलता मार्फ आत्मनिर्भर बनाउने उद्देश्यका साथ २ वर्षेखि सञ्चालित बजारमा भएको यो क्षतिले आफै सक्षम भएर जीवन निर्वाह गर्छु भनी अघि बढेकालाई आहत बनाएको छ।

Related News

सम्बन्धित समाचार

  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…
  • नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा, ११ असोज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम…
  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न पोउवा संघको माग

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा। पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार…
  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…

hero news full width