पोखरा, १५ जेठ। कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार चलाउने प्रस्ताव अघि सारिएको छ।
मुक्तिनाथ दर्शन प्रालिले वीरेठाँटीबाट मुक्तिनाथसम्मको करिब ८४ किलोमिटर लामो केवलकार सञ्चालनको प्रस्ताव लगानी बोर्डमा पेश गरेको हो। जसका लागि सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम हुँदैछ।
१८ महिनाभित्रै डिपिआर र वातावरणीय प्रभाव मूल्यांकन गरेर निर्माणको काम थालिने निर्माण कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले जानकारी दिए। ‘डिपिआर सकेपछि सरकारसँग पिडिए गरेर वित्तीय व्यवस्थापन गछौर्ं। २ वर्षभित्र प्रारम्भिक काम सक्ने योजना छ,’ उनले भने, ‘त्यसपछि ३ वर्षमा निर्माण सक्ने योजना हो। कुनै अवरोध नभए तोकिएकै समयमा काम सक्ने लक्ष्य छ।’ उनका अनुसार करिब ३४ अर्ब रुपैयाँ लागतमा केवलकार निर्माण हुन लागेको हो। ८५ प्रतिशत ऋण र १५ प्रतिशत प्रवर्तकबाट जुटाउने सापकोटाको भनाइ छ। ‘प्रस्तावित लागत १ वर्षअघिको हो। कुल लागतको २८ अर्ब ९० करोड लगानी वैदेशिक ऋणबाट जुटाइने छ,’ उनले थपे, ‘बाँकी ५ अर्ब १० करोड बराबरको रकममध्ये २ अर्ब ८० करोड लगानी प्रवर्तकको हुनेछ भने २ अर्ब २९ करोड सर्वसाधारणका लागि सेयर खुला गरिनेछ।’ बाहृय लगानीकर्ताका बारेमा भने उनले खुलाउन चाहेनन्।
छ खण्डमा विभाजन गरेर यसको निर्माण गर्ने कम्पनीको योजना छ। १३ किलोमिटर लामो वीरेठाँटी-घोरेपानी खण्ड हुनेछ भने घोरेपानीदेखि तातोपानीसम्मको लम्बाइ १३ किलोमिटर लामो छ। त्यसपछि लेतेसम्म १६ किलोमिटर तथा लेतेदेखि जोमसोमसम्म २४ किलोमिटर लामो यात्राको परिकल्पना गरिएको छ। यस्तै जोमसोमदेखि कागवेनीसम्म ८ किलोमिटर र कागवेनीबाट मुक्तिनाथसम्म ९ किलोमिटर दुरीको खण्ड तय गरिएको छ। मार्फा केवलकारको ट्रान्जिटको रुपमा प्रस्तावित छ। केवलकार यात्रा २ घण्टा १० मिनेटको हुन सक्ने प्रस्तावकको अनुमान छ। यद्यपि यसको गतिमा भर पर्ने र मार्फाको ट्रान्जिट सहित गर्दा ३ घण्टामा यात्रा पूरा हुने बताइएको छ। ‘एकैपटक मुक्तिनाथसम्म पुग्दा स्वास्थ्यमा समस्या देखिन सक्छ। त्यसैले हरेक स्टेसनमा यात्रुलाई ओरालेर अको डिब्बाबाट लैजाने हो,’ कम्पनीले भन्यो, ‘यसले मुक्तिनाथभन्दा नजिकका यात्रु पनि चढ्न पाउँछन् र मुक्तिनाथ पुग्ने यात्रुलाई पनि फाइदा हुन्छ।’ सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार केवलकार निर्माण भएपछि वर्षमा ३६ लाखभन्दा बढी पर्यटक मुक्तिनाथ पुर्याउने प्रस्तावकको आँकडा छ। कम्पनीलाई लगानी बोर्डको ३० औं बैठकले विस्तृत अध्ययनको लागि स्वीकृति दिइसकेको छ भने केही दिनभित्रै अध्ययन सम्झौता पनि गरिने जनाएको छ। प्रस्तावित अध्ययनको लागि बोर्डले बैंक ग्यारेण्टी राखेको र समयमा काम नभए जफत गर्ने कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए। ‘यस वर्षदेखि हामीले सबै आयोजनामा बैंक ग्यारेण्टी अनिवार्य गरेका छौं। यो प्रोजेक्टमा पनि अध्ययनको लागि मात्रै ४ करोड रुपैयाँ बैंक ग्यारेण्टी राखिसकेका छौं,’ उनले भने, ‘अठार महिनाभित्र अध्ययन सक्नुभएन भने धरौटी रकम जफत हुन्छ। सम्झौता अनुसार समयभित्रै काम सक्नुपर्ने व्यवस्था अब लागू भयो।’ व्यवसायीले नै प्रस्ताव पेश गरेका कारण सम्बन्धित निकायमा थप अध्ययन गरी आवश्यक संशोधन गर्न १५ दिनको समय दिइएको अधिकारी बताउँछन्। ‘वहाँहरुले नै प्रस्ताव गर्नुभएको हो। हामीले त्यसलाई केलायौं र अहिले थप संशोधनका लागि सम्बन्धित पक्षलाई पठाएका छौं,’ उनी भन्छन्, ‘सबैले अध्ययन गर्नुहुन्छ। प्राप्त सुझाव संशोधन गरी सम्झौताको चरणमा लैजान्छौं।’ हाल ३ जना नेपाली लगानीकर्ताले मात्रै प्रस्ताव पेश गरेको र वैदेशिक लगानी आउने आश्वासन दिएको उनको भनाइ छ।
वीरेठाँटीदेखि मुक्तिनाथसम्म यात्रा गर्दा नेपाली यात्रुले प्रतिव्यक्ति ६ हजार रुपैयाँ तिर्नुपर्छ भने विदेशी पर्यटकका लागि फरक भाडादर छ। विदेशी पर्यटकमध्ये पनि भारतीय र तेश्रो मुलुकका पर्यटकले फरक रकम तिर्नुपर्छ। भारतीय पर्यटकले ६ हजार भारतीय रुपैयाँ र अरु देशका नागरिकले १ सय अमेरिकी डलर भाडादर कायम हुने प्रवर्तक कम्पनीका अधिकृत श्रीधर सापकोटा बताउँछन्।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९