नवलपरासी, १५ जेठ। देश संघीयतामा गएपछि जिल्ला पशु सेवा कार्यालय विघटनजस्तै भएको अवस्थामा कार्यालय मातहत रहेको नवलपरासीको पशु विज्ञान प्रयोगशाला प्रयोगविहीन छ।
सरकारले कार्यालय विघटन गरेर पशु सेवा कार्यालय गाउं’पालिका र नगरपालिकाको मातहतमा पठाएको छ। जिल्ला तहको जिल्ला पशु सेवा कार्यालय अहिले नाम मात्रैको बनेको छ। जिल्ला तहको पशु विकास कार्यालय असार सम्ममात्र रहने र पशु सेवा कार्यालय स्थानीय सरकारको मातहतमा लगेपछि जिल्ला पशु सेवा कार्यालय मातहत रहेको पशु विज्ञान प्रयोगशाला प्रयोगविहीन बनेको हो। नवलपरासीमा केही समय अगाडि मात्रै करोडौंको लगानीमा निर्माण गरिएको पशु विज्ञान प्रयोगशाला कसको मातहत रहने भन्ने टुंगो नलागेको कारण प्रयोगविहीन बनेको जिल्ला पशु सेवा कार्यालय नवलपरासीका प्रमुख शिव अर्यालले बताए। अर्यालले भने, ‘जिल्ला पशु सेवा कार्यालय असार मसान्तपछि रहँंदैन स्थानीय सरकारको मातहतमा रहने गरी प्रत्येक स्थानीय तहमा पशु सेवा कार्यालय लगिएको छ, पशु विज्ञान प्रयोगशाला कसले चलाउने अन्यौल छ।’
प्रयोगशाला भवनसं’गै प्रयोगशालामा ल्याइएका आधुनिक मेसिनसमेत प्रयोगविहीन बनेका छन्। जिल्ला पशु सेवा कार्यालयको परिसरमा हालै निर्माण सकिएको रसायनिक प्रयोगशालामा स्टेलाईजर, इन्क्यूवेटर, लेमिनरफलो, फ्रिज, डिस्ट्रलेशन प्लान्ट, सेन्टीफ्यूज मेसिन, माईक्रोस्कोप लगायतका लाखौं रुपैयाँ लागतका आधुनिक मेसिन छन्।
पशु विज्ञानको रसायनिक प्रयोगशालामा पशुमा लाग्ने वा लागेका विभिन्न प्रकारका रोगको अध्ययन गरी उपचारमा पशु चिकित्सकलाई खटाइने तयारी गरिरहेको अवस्थामा जिल्ला पशु सेवा कार्यालय नै नरहने अवस्थाले जिल्ला पशु विकास कार्यार्लय मातहत रहेको रसायनिक प्रयोगशाला र अन्य सामानको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्यौलता रहेको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
hero news full width
मुख्य समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९