हेमजा, १२ जेठ। गौरीशंकर बचत तथा ऋण सहकारी संस्था, हेमजाको सम्पन्न पाँचौ चुनावी सभाले केशवशरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समिति उपाध्यक्षमा दानबहादुर थापा, सचिवमा घनश्याम तिमिल्सिना, कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल, सहसचिवमा दलबहादुर कुँवर, सदस्यमा मीना सापकोटा, बलबहादुर कुँवर, कृष्णबहादुर कुँवर, प्रकाशचन्द्र पौडेल, मानबहादुर कार्की र विष्णुहरि पौडेल रहेका छन्।
लेखा समिति संयोजकमा डिल्लीराम दाहाल तथा सदस्यमा धनबहादुर थापा र दिलीप थापा चयन भए । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति संयोजकमा जितबहादुर कार्की तथा सदस्यमा मधुसुदन त्रिपाठी र इश्वरीप्रसाद बास्तोला रहेका थिए।
कार्यक्रममा संस्थाका संस्थापक सेयर सदस्य स्व टेकबहादुर कुँवर र प्रेमप्रसाद अधिकारीको स्मरण गरिएको थियो । यस्तै संस्थामा लामो समयसम्म सेवा गरेकी कर्मचारी विनु सापकोटालाई मायाको चिनो दिई बिदाइ गरिएको थियो।
संस्थाको हालसम्म सेयर रकम ७ करोड ३२ लाख २९ हजार ६ सय निक्षेप संकलन ५७ करोड ४४ लाख २९ हजार ८ सय ३१ र ऋण लगानी ६१ करोड ६७ लाख ३५ हजार ५ सय ३९ रहेको संस्थाका व्यवस्थापक डम्वरसिंह बस्नेतले जानकारी दिए।
वडाध्यक्ष शोभाकर तिमिल्सिनाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई इमान्दारी भएर संस्थाका गतिविधि अगाडि बढाउन सुझाव दिए ।
संस्थाका निवर्तमान अध्यक्ष रुद्रनाथ पौडेलले संस्थाको गरिमा उचो बनाउन नयाँ पदाधिकारी तथा सदस्यको ध्यान जाने विश्वास व्यक्त गरे।
निर्वाचित अध्यक्ष केशवशरण पौडेलले सहकारीको सिद्धान्तबाहिर रहेर कुनै पनि काम नगर्ने वाचा गरे ।
सहकारी अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओमबहादुर कुँवरले स्वागत, शिक्षा उपसमिति सदस्य मीना सापकोटाले सहकारीका सात सिद्धान्तवाचन र सचिव केशवशरण पौडेलले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
hero news full width
मुख्य समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०