पोखरा, ८ जेठ। गण्डकी विकास बैंकको दाङ घोराही शाखा र चितवन पर्साशाखा उद्घाटन गरिएको छ।
घोराही शाखा उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले आगामी दिनमा बैक र उपमहानगरपालिका सहकार्य गरेर अगाडि बढनु पर्नेमा जोड दिए।
घोराही उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए।
बैंक सञ्चालक बासुदेव त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन बुटवल रिजनका क्षेत्रीय प्रमुख मिलनकुमार पुनले गरेका थिए।
उता, पर्साशाखा उद्घाटन गर्दै खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बैक एक सवल र सक्षम विकास बैक भइ वेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड पाएकोमा बैंक परिवारलाई बधाई दिए।
कार्यक्रमा उद्योग वाणिज्य महासंघ प्रदेश ३ का केन्दिय सदस्य गुणराज श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य सघंका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले बोलेका थिए। स्वागत मन्तव्य बैंकका संचालक ज्ञानेश्वर पराजुलीले राखेको सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले जानकारी दिए।
साविक गण्डकी विकास बैंकका पूर्व अध्यक्ष पदमप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले गरेका थिए। बैंकले हाल देशभर ५९ शाखा सञ्चालन गरेको छ भने यसै आवमा १८ शाखा विस्तार गर्ने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९