पोखरा, ५ जेठ । विश्व हिन्दू महासंघ पोखरा लेखनाथ महानगर समितिको अध्यक्षमा असिलकुमार साई अध्यक्षमा सर्वसम्मत् चयन भएका छन् ।
पोखरामा शनिबार भएको महासंघको प्रशिक्षण एवं अधिवेशनले साईको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा राजुराज अधिकारी, सविना क्षेत्री र दीपेन्द्र मसारी छन् भने सचिवमा युवराज श्रेष्ठ छानिए ।
यस्तै चार सहसचिवमा गोपालबहादुर थापा, देवकी बराल, जमुना सुवेदी र दीनानाथ दवाडी छन् तथा कोषाध्यक्ष मनोज शर्मा दुवे चयन भए ।
सदस्यमा पूजा बस्नेत, दुर्गा कार्की भण्डारी, प्रतीक्षा शर्मा, बलराम बराल, सुभद्रा कोइराला, प्रकाश कुँवर, अमरबहादुर पुन, मनबहादुर क्षेत्री, महेन्द्रकुमार थापा, बासुदेव बानियाँ, मनोहरि बराल, धनीप्रसाद ढकाल, घनश्याम ढकाल, सविता भण्डारी सुवेदी, गंगा तिवारी, उमा सापकोटा, बालकृष्ण सुवेदी, जीवन बास्तोला र विष्णुप्रसाद भण्डारी छन् । कार्यसमिति ३ वर्षको हुनेछ । नयाँ कार्यसमितिलाई महासंघका उपाध्यक्ष वेदनिधि शर्माले शपथ ग्रहण गराएका थिए ।
यसअघि, महासंघ महानगर अध्यक्ष जगन्नाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दू धर्म र सँस्कृतिबारे डा योगी चिन्तामणि, चैतन्यकृष्ण र डा लेखनाथ आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रममा डा योगी चिन्तामणिले हिन्दू धर्म कहिल्यै पनि नष्ट नहुने बताए । उनले सबै ऋषिमुनिको तमोभूमि नेपाल भएको उल्लेख गरे ।
यस्तै चैतन्यकृष्णले धर्मान्तरण र यसको प्रकारबारे प्रष्ट पारे । उनले हिन्दू धर्म पुरानो धर्म रहेको उल्लेख गर्दै हिन्दू विज्ञान नै अहिलेको सबैको आविष्कारको जननि हो भने । उनले आस्था, विचार र मान्यता परिर्वर्तन हुने भए पनि धर्म परिर्वर्तन सम्भव दाबी गरे ।
विश्व हिन्दू महासंघ कास्कीका संरक्षक समेत रहेका डा लेखनाथ आचार्यले मानवले इन्द्रियहरुलाई संयमित राख्नुपर्नेमा जोड दिए । उनले हाम्रो सँस्कृति र परम्परा कहिल्यै पनि भुल्न नहुने बताए ।
कार्यक्रममा विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले स्वागत गर्दै सम्पूर्ण हिन्दूवादी एकजुट हुनुपर्ने बताए ।
सो अवसरमा ठाकुरप्रसाद पराजुलीद्वारा लिखित नेपाली लोकलयमा आधारित गरुण पूराण विमोचन गरिएको थियो । ब्राहृमण समाजका डा नारायणप्रसाद अधिकारीले कृति समीक्षा गरेका थिए । पोखराका प्रजापति तिमिल्सिना र संगीता तिमिल्सिना दम्पत्तिले वैवाहिक जीवनको २५ वर्ष पुगेको अवसरमा सो कार्यक्रमको प्रायोजन गरेका थिए । उनीहरुलाई समारोहमा माला पहिर्याएर शुभकामना दिइएको थियो । कार्यक्रम सञ्चालन सचिव गणेश बराइलीले गरेका थिए ।
कार्यक्रममा प्रवचन सुन्न विभिन्न क्षेत्र र समुदायबाट मानिसको उल्लेख्य सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९