पोखरा, ५ जेठ । नयाँ शक्ति पार्टीनेपालका संयोजक डा बाबुराम भट्टराईले अस्तित्व हराउने डरले एमाले र माओवादी मर्जर भएको टिप्पणी गरेका छन्। संसदीय पत्रकार मञ्च पोखराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावी बजार सुरक्षित गर्नका लागि मात्रै दुर्इ पार्टीको एकीकरण भएको बताए। ‘बैंकहरु पनि एक्लै-एक्लै बजार कायम राख्न नसकेपछि धेरै बैंक मर्जर भएर बजार जोगाउने काम गर्छन्। एमाले र माओवादीले पनि मर्जर सहित आफूलाई ठूलो बनाएर चुनावी बजार कायम राख्ने प्रयास गरेको छ,’ उनले भने, ‘यो मर्जरले अब ५ वर्ष त लैजाला त्यसपछि काम गर्दैन। गुणात्मक हिसाबले सोचेर दीर्घकालीन योजना बनाउन सकोस् मेरो नयाँ पार्टीकाई पनि शुभकामना छ।’
दुर्इ पार्टीको एकीकरणले सबैमा जिज्ञासा बढ्नु स्वभाविक भए पनि कुनै अनौठो कुरा नभएको उनको भनाइ छ। ‘काँग्रेस, एमाले, माओवादी भनेका लोकतान्त्रिकरणको क्रममा जन्मेका पार्टीहरु हुन्। अब नेपाललाई समृद्धिकरणको खुड्किलो हुँदै आधारभूत चरणमा प्रवेश गर्ने वैकल्पिक शक्ति चाहिएको छ,’ उनले थपे, ‘यो अवस्थामा पार्टीहरु कि रुपान्तरित हुनुपर्छ नभए मर्जर गरेर भए पनि आफ्नो अस्थित्व जोगाउनुपर्छ।’
आफूले २ वर्षअघि नै रुपान्तरित पार्टीनिर्माणको लागि माओवादीसँग प्रस्ताव गरे पनि पुष्पकमल दाहालले नमानेको उनले खुलासा गरे। ‘नयाँ शक्ति पार्टीशुरु गर्दा रुपान्तरित पार्टीबनाउने प्रस्ताव हो। समृद्धिको जगमा टेकेर उन्नत बाटोमा जाने पार्टीअहिलेको खाँचो छ,’ उनी भन्छन्, ‘रुपान्तरित पार्टीबनाउन माओवादीलाई प्रस्ताव राखेको हो। प्रचण्डजीले मान्नुभएन। अहिले २ वर्षपछि पार्टीकाई थाम्न नसकेर एमालेमा लगेर मर्जर गरे।’
दुर्इ पार्टीबीचको एकीकरणले पार्टीत स्र्वर्थ पूरा भए पनि देशको आवश्यकता पूरा नहुने डा भट्टराईको दाबी छ। उनले देशभित्रको एकता कायम, छिमेकी मुलुकसँगको सन्तुलन, दीर्घकालिन विकास जस्ता एजेण्डा स्थापित गर्न नसके केही वर्षभित्रै जनताले नयाँ विकल्प खोज्ने धारणा राखे। विगत हेर्दा कम्युनिष्ट पार्टीको भविष्य पनि टाढा नभएको उनको भनाइ छ। उनले नयाँ शक्ति पार्टीचाहीँ कसैसँग पनि मर्जर नहुने बताएका छन्। ‘पुराना शक्तिबाट नयाँ बनाउन सम्भव छैन। पूराना शक्तिहरु सुधारिएर आउनुभयो भने स्वागत छ, नत्र नयाँ शक्ति कसैसँग मिल्दैन,’ उनले भने, ‘निरन्तर देशको दीर्घकालीन विकास र समृद्धिको बाटोमा लागिरहन्छौं। आफ्ना एजेण्डा जनतामाझ लैजान्छौं र गलत कामको भण्डाफोर गछौर्ं।’
अर्को प्रसंगमा पूर्व प्रधानमन्त्री भट्टराईले मोदीको नेपाल भ्रमणले देशलाई तात्विक फाइदा नभएको बताए। ‘मोदी भ्रमणले मोदी र ओलीको सम्बन्ध राम्रो भयो तर देशका लागि कुनै फाइदा भएन,’ उनले भने। फेवाताल संरक्षणका लागि पनि अदालतको आदेश पालना गर्न उनको सुझाव छ। म प्रधानमन्त्री बनेकै बेला विश्वप्रकाश लामिछानेजीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। समितिले प्रतिवेदन बुझाएपछि केही संरक्षणका एजेण्डा बन्दै थिए,’ उनी भन्छन्, ‘पूरा नहुँदै सरकार ढल्यो। ढिलै भए पनि केही राम्रो संकेत देखिएको छ। कुनै पनि बहानामा फेवा अतिक्रमण हुनुहुँदैन।’
संसदीय पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विशन क्षेत्रीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
hero news full width
मुख्य समाचार
चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९