चितवन, ५ जेठ । जिल्लामा बर्डफ्लू देखिएपछि संकटग्रस्त क्षेत्रमा धमाधम पक्षी मारिएको छ। शनिबार बिहानैबाट २ वटा र्फममा कुखुरा मार्न शुरु गरिए पनि स्थानीयको विरोधपछि केही घण्टा कुखुरा मार्न कार्य रोकिएको थियो। साँझबाट पुनः कुखुरा मार्न शुरु गरिएको छ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा ९ र्सुतनीका २ र्फममा बर्डफ्लू प्रमाणित भएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी घरपालुवा पक्षी मार्न शुरु गरिएको हो।
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लू प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा र्सुतनीको कच्ची बाटो र पश्चिममा पसाबजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका २ र्फममा कुखुरा मार्ने क्रममा किसानले रोकेका थिए।
स्थानीय, प्राविधिक टोली र व्यवसायीको छलफलपछि साँझबाट पुनः कुखुरा मार्न शुरु गरिएको खरेलले बताए। श्रेष्ठले भने अझै पनि संकटग्रस्त क्षेत्र निर्धारण पूर्वाग्रही भएको भन्दै विरोध जनाइरहेका छन्।
नौ हजार लेर्यर्स कुखुरा रहेको श्रेष्ठको र्फमको ३ हजार ५ सय तथा ४ हजार ४ सय कुखुरा रहेको रिजालको १ हजार कुखुरा मारेपछि उनीहरुले थप कुखुरा मार्न रोकेका थिए। किसानले संकटग्रस्त क्षेत्रमा रहेका ठूला र्फम जोगाएर साना र्फमका कुखुरा मार्न थालेको भन्दै विरोध जनाएका हुन्।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष रघुनाथ भट्टले प्राविधिक टोलीले निर्धारण गरेको क्षेत्रमध्ये एकातर्फ ३ किमीसम्म टाढा रहेको र अर्कोतर्फ २ सय मिटरसम्म मात्रै रहेकोले किसान असन्तुष्ट भएको बताए।
मारिएका कुखुराको मूल्यांकन गरी क्षति रकममध्ये ७५ प्रतिशत मात्रै क्षतिपूर्र्ति सरकारले दिने व्यवस्था रहेको छ। क्षतिपूर्र्तिको रकम लिन लामो समय लाग्ने र झन्झटिलो हुने हुँदा जोखिम नभए कुखुरा मार्न नहुने पक्षमा किसान देखिएका छन्।
प्राविधिक टोलीले सोही क्षेत्रमा शुक्रबार स्थानीय जातका कुखुरा र हाँस गरी १ सय ५० वटा मारेको थियो। ती कुखुराको सुली पनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको थियो।
पशु सेवा कार्यालयका प्रमुख खरेलले बर्डफ्लू नियन्त्रण आदेश २०६४ ले पहिले बर्डफ्लू देखिएको क्षेत्रबाट ३ किमी उल्लेख गरेको भए पनि जोखिम विश्लेषण गरेर ४ किल्ला तोक्न सकिने व्यवस्था रहेको बताए। सो प्रतिवेदनलाई केन्द्रीय मन्त्रिस्तरीय निर्णय गरेपछि घरपालुवा पक्षी मार्ने गरिन्छ।
र्सुतनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लू प्रमाणित भएको हो। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकोमा वैशाख ३१ गते बर्डफ्लू प्रमाणित भएको बताए। बिहीबारको मन्त्रीस्तरको निर्णयपछि शुक्रबार र्फम र आसपासका क्षेत्रमा घरपालुवा पक्षी मार्ने काम शुरु गरिएको थियो।
राजनको र्फममा पालिएका १ हजार ५ सय र लक्ष्मणको र्फममा पालिएका १ हजार लेर्यर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो। सँगै रहेका ती दुवै र्फमका सबै कुखुरा मरिसकेका छन्।
कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा रहेको व्यवसायीको भनाइ छ। यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लू देखिएको थियो। उक्त समयमा ठूलो संख्यामा कुखुरा मर्दा पोल्ट्री क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९