पोखरा, ३ जेठ । प्रदेश ४ ले प्रदेशस्तरीय सञ्चार नीति तयार गर्ने भएको छ । प्रदेशको कानून मन्त्रालयले नीतिको मस्यौदा तयार गरी छलफल थालेको छ । पूर्ण स्वायत्तताका साथ काम गर्ने गरी प्रदेश सरकारले प्रदेश सञ्चार बोर्ड गठनको गर्ने तयारी गरेको छ ।
पोखरामा बिहीबार भएको छलफलका सहभागीले सरकारले छुट्टै सञ्चार संस्था चलाउन नहुने बताए । पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले छुट्टै सञ्चारमाध्यम सञ्चालन गर्नुभन्दा अहिले भैरहेका सञ्चार संस्थालाई प्रदेशस्तरमा विकेन्द्रिकरण गर्नुपर्ने सुझाव दिए । उनले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र जस्ता सञ्चार संस्थालाई पूर्ण व्यवस्थापन सहित प्रदेश तहमा लैजानुपर्ने बताएका हुन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारले पूर्ण स्वामित्वका विदेशी सञ्चार गृह चल्न दिन नहुने सुझाव दिए । पूर्ण विदेशी लगानीका मिडिया व्यावसायिक भए पनि देश हितमा नहुन सक्ने भन्दै निर्णय प्रक्रियामा नेपाली स्वामित्व बढी हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा पत्रकार पुण्य पौडेल, पत्रकार महासंघ प्रदेश ४ का अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार नारायण कार्की, पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी लगायतले निजी क्षेत्रलाई मिडियाको जिम्मा दिनुपर्नेमा जोड दिएका थिए । सरकारको काम मिडियाले अनुगमन गर्ने भन्दै उनीहरुले मिडिया स्वतन्त्र हुनुपर्ने बताए । उनीहरुले अहिले चलिरहेका निजी लगानीका मिडिया पनि चल्न सक्ने गरी सञ्चार नीति बन्नुपर्ने धारणा राखे । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशमा रहने आमसञ्चारका नीतिगत विषयमाथि छलफल गरिरहेको छ । सञ्चार सचिव फडिन्द्रमणि पोख्रेलले प्रारम्भिक मस्यौदा प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९