पोखरा, ३ वैशाख। पोखराको बुद्व विशाल बजारमा बिहीबारदेखि सिसि क्यामेरा र फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याइएको छ।
बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले सिसी क्यामेरा, वाईफाईसँगै बजारमा कार्यरत ५ जना सुरक्षाकर्मीलाई वाकीटकी सेट पनि प्रदान गरेको छ।
बजारभित्रको सुरक्षा व्यवस्था मजबुद बनाउने उद्देश्यले क्याम्मेरा सञ्चालनमा ल्याइनुको साथै सुरक्षाकर्मीलाई वाकीटकी सेट प्रदान गरिएको हो।
एशोसिएसननले बिहीबार आयोजना गरेको कार्यक्रममा एशोसिएसन अध्यक्ष केशव खत्रीले क्यामेराको शुभारम्भ गरेका थिए।
अध्यक्ष खत्री सहित निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मीले फ्रि वाईफाई सेवा शुभारम्भ गरे भने अध्यक्ष खत्रीले एशोसिएसनका सचिव एवं सुरक्षा संयोजक बुद्विबहादुर कुँवरलाई वाकीटकी सेट हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष केशव खत्रीले प्राथमिकताका साथ बजार व्यवस्थापनलाई ध्यान दिइएको बताए।
उनले सटरको भुइँमा टायल, छतमा जिप्सन बोर्ड र पार्किङ व्यवस्थापनसँगै अत्यधुनिक बजार बनाउने लक्ष्य लिएको उल्लेख गरे।
एशोसिएसनका निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मीले समयसापेक्ष सेवा/सुविधा विस्तार गर्दै लैजान आवश्यक भएको बताए।
त्यस अवसरमा बुद्व विशाल बजार व्यापारिक एशोसिएसनका प्रेस सल्लाहकार नवीन सिग्देलले पनि बोलेका थिए।एशोसियशनका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागत र महासचिव इन्द्रराज अर्यालले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९