पौरखे कालीमाटी वन उपभोक्ता समितिमा ढकाल

आदर्श समाज सम्वाददाता
जेठ २, २०७५
paurekhe

लेर्चेनाथ, १ जेठ। पौरखे कालिमाटी सुन्दरीडाँडा सामुदायिक वन उपभोक्ता समिति पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा ३१ को मंगलवार सम्पन्न ४४ औं वाषिर्क साधारण सभा तथा २१ औं अधिवेशनले वीरेन्द्र ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वसम्मत् चयन भएको समितिको उपाध्यक्षमा समुन्द्रा भुजेल, सचिवमा दामोदर पाण्डे, सहसचिवमा इन्द्रप्रसाद तिवारी र कोषाध्यक्षमा मणिराम तिवारी रहेका छन्।

सदस्य धु्रवप्रसाद लामिछाने, मंगल जलारी, कल्पना बसौला, मीना पुन र अञ्जना थापा छन्।

कार्यक्रम उद्घाटन गर्दै कुँडहर पोर्चेराका सहायक वन अधिकृत महाप्रसाद ओझाले वनजंगललाई खेतीको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले वनलाई घाँस दाउराका लागि मात्र नभई आयआर्जनका लागि प्रयोग गर्ने वातावरण पनि मिलाउनु पर्ने बताए। समिति अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा डा कालु शर्मा, सस्थापक अध्यक्ष गोकर्णतिवारी, लक्ष्मी तिवारी र काशीनाथ न्यौपाने लगायतले वनको उचित रुपमा संरक्षण गरी आम्दानीको स्रोतका रुपमा विकास गराउने पर्नेमा जोड दिए।

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width