भाटभटेनीमा बम प्रहार

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७५
Bhatbateni (1)

चितवन, ३० वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा भरतपुरमा रहेको भाटभटेनी सुपर स्टोरमा बम प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बम प्रहारबाट सुपर स्टोरको बाहिरी सिसामा केही क्षति भएको छ।

डिएसपी प्रभुप्रसाद ढकालका अनुसार आइतबार बिहान ३:४५ बजेतिर बम बिस्फोट भएको हो। सुपर स्टोरको कम्पाउण्ड बाहिरबाट सकेट बम प्रहार गरिएको अनुमान प्रहरीले गरेको छ।

बिस्फोटबाट नजिकै रहेको होटल रोयल सेञ्चुरीका समेत केही झ्यालका सिसा फुटेका छन्। बिस्फोट नेपाल कम्युनिष्ट पार्टीा कार्यकर्ताले गराएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। आइतबार जिल्लामा बन्दको प्रभाव आंशिक देखिएको छ। लामो दुरीका यात्रुबाहक बसहरु सञ्चालन हुन सकेनन् भने छोटो दुरीको बसहरु र टेम्पोहरु भने चले । मुख्य बजार तथा शैक्षिक संस्थाहरु बन्द रहे भने कक्षा ११ को परीक्षा भने सञ्चालन भयो ।

Related News

सम्बन्धित समाचार

  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…
  • नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा, ११ असोज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम…
  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न पोउवा संघको माग

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा। पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार…
  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…

hero news full width