पोखरा, २५ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको परिवर्तकामी शक्ति काँग्रेस रहेको भन्दै त्यसको स्वामित्व पार्टी लिन सक्नुपर्ने बताएका छन् ।
वीपी कोइराला अध्ययन प्रतिष्ठन प्रदेश ४, पोखराले मंगलबार आयोजना गरेको ‘आजको सर्न्दर्भमा वीपी चिन्तन’ विषयक कार्यक्रममा बोल्दै नेता पौडेलले काँग्रेसले लोकतन्त्रका लागि पटक-पटक आन्दोलन गरेको दाबी समेत गरे ।
पौडेलले वीपीको आदर्श भुल्न नहुने कुरामा दिँदै ‘निमुखालाई न्याय, विपन्नलाई आय’ वीपीले कल्पना गरेको समाजवादभित्रको आदर्श हो भने ।
‘नेपालमा ७० वर्षम्म लाग्न नसकेको राजनीतिक टुंगो संविधानसभाका माध्यमबाट लागेको छ,’ पौडेलले भने, ‘जनताको पक्षमा संविधान निर्माण भएको छ। वीपीको समाजवाद निमुखालाई न्याय, विमुखालाई आय थियो। राजनीतिक पार्टीले र सरकारको एजेण्डा पनि अब त्यही नै हुनेछ।’
वीपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको उनले दाबी गरे । वीपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै रहेको पौडेलको कथन थियो। नेपाली काँग्रेसले वीपीको बाटो नछाडेको उल्लेख गर्दै उनले त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँ’मा पुगेको प्रष्ट पारे ।
वीपीका आदर्श गाउँगाउँसम्म पुर्याएर नै काँग्रेस बलियो हुने जिकिर गरे। उनले वीपीका नामका धेरै संस्था जन्मिए पनि महामानवका आदर्श बोकेर हिड्ने पार्टीलेपाली काँग्रेसमात्रै भएको उल्लेख गरे।
वीपीको नाम बेचेर मूल पार्टी कांग्रेसलाई नै हराउने र उम्मेदवार खडा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले जनताको भावनालाई आत्मसात् गर्दै पार्टीई आगामी दिनमा सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।
पौडेलले दुर्इतिहाई बलमा सरकारले संवैधानिक अंगमा समेत सत्तापक्षले राजनीति गरेको आरोप लगाए। सरकारले अख्तियार, अदालत लगायत संवैधानिक अंगलाई खबरदारी गरेर सत्ताको उपहास गरेको उनको आरोप थियो।
नेता पौडेलले सरकारले सत्ताको आडमा संवैधानिक अंग यताउता गरे काँग्रेस चुप लागेर नबस्ने प्रष्ट पारे। उनले काँग्रेसले सत्तासँग त्यस्ता प्रवृत्तितविरुद्ध लड्ने बताए।
आफूले गरेका राम्रो कामको प्रचार गर्न नसक्दा नेपाली काँग्रेसले निर्वाचनामा हार बेहोर्नुपरेको पौडेलको भनाइ थियो।
नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले वीपीको सिद्धान्त र आदर्श वर्तमानमा पनि उत्तिकै सान्दर्भिक र आवश्यक रहेको चर्चा गरे।
नेपाली काँग्रेस महासमिति सदस्य वीनिता अधिकारीले वीपी दूरदर्शी नेता भएको बताउँदै नेपाली जनताको स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका लागि वीपीले अघि बढाएको विचार तथा आदर्श प्रत्येक राजनीतिकर्मीका लागि प्रेरणको स्रोत भएको उल्लेख गरिन्।
कार्यक्रममा नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट, नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, कार्यक्रम संयोजक लक्ष्मी पाण्डे लगायतले वीपीको विचार तथा कृतिमाथि चर्चा गर्दै वीपी विचारलाई जनतामाझ लैजान सकेमात्र पनि नेपाली काँग्रेसका पक्षमा जनलहर बढ्ने बताए।
Related News
सम्बन्धित समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
अखिल गण्डकीबाट अध्यक्ष र संयोजकको टुंगो
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९