लेखनाथ, २३ वैशाख। पोखरा लेखनाथ २७ को रिठ्ठेपानीस्थित रिठ्ठेपानी बचत तथा ऋण सहकारी संस्थाले पाँचौं वाषिर्कोत्सव अवसरमा सेयर सदस्यका लागि सञ्चालन गरेको एकहप्ते उद्घोषण तालिम शनिवार सम्पन्न भएको छ।
महिला सेयर सदस्यलाई लक्षित गरी आयोजित सो तालिममा ३० जनाको सहभागिता रहेको थियो।
समापनमा समारोहमा बोल्दै भूपू सैनिक क्लब रिठ्ठेपानीका अध्यक्ष सु जगबहादुर गुरुङले भविश्यमा पनि यसप्रकारका तालिम राखेर सहकारीले सामाजिक उत्ततरदायित्व बहन गर्नुपर्ने सुझाव राखेका थिए।
मुख्य प्रशिक्षक सञ्चारकर्मी जमुना वर्षा शर्माले तालिमबाट अब प्रशिक्षार्थी ढुक्कसँग कार्यक्रम सञ्चालन गर्न सक्ने विश्वास ब्यक्त गरेकी थिइन्।
सहभागी मञ्जु कँडेल क्षेत्री र अनुराधा गुरुङले तालिमले आफूलाई भविश्यमा टोल छिमेकमा आइपर्ने कार्यक्रमका लागि उद्घोषक बन्न प्रेरणा मिलेको बताए।
सहकारी अध्यक्ष यमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक देवी खड्काले स्वागत र सचिव प्रकाश पन्तले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९