काठमाडौं, ३ वैशाख । पार्टीएकीकरणको औपचारिक घोषणाको मिति नजिकिँदै गएपछि नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति हुन बाँकी विषयमा छलफलका लागि शीर्ष तहका नेता गम्भीररुपमा जुटेका छन् । दुर्इ पार्टीीच औपचारिक एकता घोषणा बैशाख ९ मा हुने तय भइसकको छ ।
विषेशगरी जनयुद्ध र समान सहभागितामा पार्टीसमायोजनबारे गम्भीर मतभेद देखिएपछि दोस्रो तहका नेताहरुले विवाद मिलाउने जिम्मा अध्यक्षद्वयलाई नै दिएको थियो । तर, दुर्इ अध्यक्षबीच केही समययता छलफल हुन नसकेपछि एकता प्रक्रियामा समेत अन्योलता बढिरहेको बेला पुनः दुर्इ अध्यक्षबीच छलफल शुरु भएको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भेटघाट भएको छ । दुर्इ नेताबीच पार्टीएकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिए पनि हालसम्म बैठक बस्न नसकेको थिएन । शीर्ष नेताको भेटमा मंगलबार बिहान पार्टीएकता संयोजन समितिको बैठक डाँक्ने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी दिए ।
आइतबारको लागि निर्धारित वार्ता नबसी सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहाल सोमबार बिहान फर्किएपछि दुर्इ नेताबीच गोग्य वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । वैशाख ९ गते पार्टीऔपचारिक रूपमा एकीकरण गर्ने भनिए पनि केही विषयमा विवाद यथावत छन् । विशेषगरी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने संख्या, चुनाव चिन्ह र विधानको प्रस्तावनाका विषयमा विवाद कायमै छन् । माओवादीले विधानमा जनयुद्ध शब्द राखेर जानुपर्ने अडानमा छ भने एमालेले त्यसलाई अस्वीकार गर्दै आएको छ । यस्तै, सङठनमा ५०-५० प्रतिशतको हिस्सा हुनुपर्ने माओवादीको मागलाई पनि एमालेले अस्वीकार गरेको छ । चुनावी परिणाम अनुसार सङठनमा प्रतिनिधित्वको पक्षमा एमाले छ । चुनाव चिन्ह पनि दुवै दलले आ-आफ्नै हुनुपर्ने अडान लिइरहेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा सोमबार राजधानीमा आयोजित शैक्षिक कार्यशालामा अध्यक्ष दाहालले आफू पार्टीएकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने अत्यन्त गम्भीर दायित्वमा रहेकाले ओलीसँग अढाइ घण्टा छलफल गरेको बताए ।
बिहान भएको छलफलमा दिनभरि र मंगलबार बिहानसम्म पार्टीएकताबारे गृहकार्यको जिम्मेवारी लिएको बताउँदै उनले भने, ‘भोलि (मंगलबार) ९ बजे हामी संयोजन समितिको बैठकमार्फत अगाडि बढ्ने भन्ने कुरा भएको छ ।’
Related News
सम्बन्धित समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
अखिल गण्डकीबाट अध्यक्ष र संयोजकको टुंगो
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९