हेमजा, ३० चैत । झण्डै एक करोड रुपैयाँ बराबर आलुको कारोबार गर्दै नवौं राष्ट्रिय हेमजा आलु महोत्सव शुक्रबार सकिएको छ ।
गत चैत २२ देखि चलेको सो महोत्सवमा ९५ लाख रुपैयाँ कारोबार भएको हो भने महोत्सव करिब ६२ हजार दर्शकले अवलोकन गरेका छन् ।
विष्णुपादुका युवा क्लब तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ व्यवस्थापन बसुन्धरा, काठमाडौंको संयुक्त आयोजनामा भएको महोत्सवमा क्लब अध्यक्ष रमेश कार्कीले महोत्सवमा दर्शकको उत्साहजनक सहभागितासँगै सोचेअनुरुप कारोबार भएको बताए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले मेला समापन गर्दै प्रदेश ४ सम्भावनाले भरिपूर्ण भएको चर्चा गर्दै प्रदेशमा कृषि पर्यटनको सम्भावना रहेको बताए। उनले प्रदेश सरकारले कृषिमा प्रादेशिक गौरवका आयोजना निर्माण गर्न चाँसो राखेको जनाउँदै आगामी ३ वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर प्रदेश बनाउने योजनाका साथ सरकारले कार्य अगाडि बढाएको जनाए। वास्तविक किसानको जग्गा बाँझो नभएको औल्याउँदै मन्त्री थापाले बाँझो जग्गालाई भूमि बैक निर्माण गरी व्यवस्थापन गरिने पनि बताए ।
वडा अध्यक्ष शोभाकर तिम्सिनाले २० वर्षअघि हेमजाले सुन्तला गाउँको ख्याति कमाएको र हाल त्यो ख्याति लोप भएकोमा चिन्ता व्यक्त गर्दै बाक्ला घर निर्माणसँगै आलु गाउँको पहिचान पनि केही वर्षमै संकटमा पर्ने खतरा भएको औल्याए। उनले हेमजाको जमिन सुहाउँदो कृषि उत्पादनको सिफारिस गरिदिन सम्बन्धित निकाय समक्ष आग्रह गरे।
हाइटेक ग्रीन हाउसका सचिव भीमप्रसाद श्रेष्ठले नेपालमा कृषि क्रान्ति आवश्यक रहेको जनाउँदै कृषि पेशालाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिए।उनले आलु महोत्सवलाई आगामी दिनमा अझै सुधार गरी किसानको वास्तविक महोत्सव बनाउनुपर्ने तर्क पनि गरे।
सो अवसरमा क्षेत्रीय कृषि निर्देशानलय पोखराले ५ जना किसानलाई क्षेत्रीयस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरेको छ।
पुरस्कृत हुनेमा स्याङ्जा गल्याङ ८ का सुन्तला कृषक रामप्रसाद भण्डारी, पालुङटार-७, गोर्खाका गाईपालक कृषक राजेन्द्रराज पन्त, रेसुंगा-१०, गुल्मीका तरकारी किसान विनबहादुर कुँवर, अर्घााा’ची सन्धीखर्कका तरकारी कृषक गणेशप्रसाद बञ्जाडे र सुन्दरबजार-३, लमजुङका एकीकृत कृषि फार्म संचालक कृष्णप्रसाद बजगाई रहेका छन्। उनीहरुलाई जनही २५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।
सम्मानित किसान बजगाईले यो सम्मानले कृषि पेशामा लाग्न थप हैसला थपेको बताउँदै कृषि पेशामा लगानी अनुसारको प्रतिफल प्राप्त गर्न कृषि क्षेत्रमा आधुनिकीकरण गरिनुपर्नेमा जोड दिए। सो अवसरमा महोत्सवमा सहयोग गर्ने अन्य विभिन्न संघसंस्था एवं व्यक्तिलाई पनि प्रशंसापत्रले सम्मान गरिएको थियो।
महोत्सवबीच रत्यौली प्रतियोगितामा इन्द्रेणी आमा समूह प्रथम, नमूना आमा समूह द्वितीय, गुप्त कालिका आमा समूह तृतीय तथा दहरे देउराली आमा समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान इकाइ हेमजा सान्त्वना भए।
उत्कृष्ट लुठोतर्फ सृजनशील आमा समूह भयो भने उत्कृष्ट कृषि स्टलतर्फ कामधेनु कृषक समूह भयो । महोत्सवमा उत्कृष्ट नृत्य गर्ने लामा चौतारा खुट्टाको गौंडा आमा समूहले पुरस्कारवापत च्याङ्ग्रा पायो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता, हास्य कलाकारका विभिन्न प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउ, विजन तथा कृषि यन्त्रको प्रदर्शनी, कविता प्रतियोगिता, साइकल र्याली, कृषि झाँकी तथा पप कर्न्र्सट लगायत थिए।
क्लब अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महोत्सव संयोजक सुविन श्रेष्ठले स्वागत तथा कार्यक्रमको सञ्चालन क्लबका सचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेउवा संघ चुनावमा महासंघ गण्डकी प्रदेशको समर्थन अञ्जन श्रेष्ठलाई
सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९