पोखरा, २८ चैत। नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभत्र सिंहदरबारको लर्डाईं मात्र भएका कारण पार्टीकमजोर बनेको बताएका छन्।
पार्टी कार्यकर्ता, राष्ट्रियता, सँस्कृतितर्फ नभई नेताहरु सिंहदरबार पस्ने लर्डाईंमा मात्र लागेकाले पार्टीकमजोर भएको उनको भनाइ छ।
‘रोग सिंहदरबारको लर्डाईं हो,’ उनले भने, ‘पार्टीभत्रको यो रोग अन्त्य गर्न मुखबाट औषधि खुवाएर हुँदैन, इन्जेक्सन नै लगाउनुपर्छ।’
महाभारतमा कृष्ण, अर्जुन र भीष्मपितामहको प्रसंग कोट्याउँदै उनले भीष्मपितामहले अन्तिम समयमा हस्तनापुरवासी सत्ताका लागि मात्र लडेकाले विकास हुन नसेको अनुभव सुुनाएको उल्लेख गर्दै सिंहदरबारको लर्डाईले पनि काँग्रेस कमजोर बनेको बताए।
नेपाली काँग्रेस कास्कीले केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्मृतिमा पोखरामा बुधबार आयोजना गरेको शोकसभामा उनले पार्टीको जिम्मा युवा पुस्तालाई दिनुपर्ने बताए।
अघिल्लो पुस्ताका नेतालाई कोठामा राखेर मन लागेको खान दिने र डाक्टर उपलव्ध गराएर आराम गराउनुपर्ने उनको भनाइ छ।
नेता भण्डारीले युवा पुस्तासँग नयाँ विचार र दृष्टिकोणबाट कम्युनिष्टसँग लड्न सक्ने क्षमता भएको बताए। उनले कम्युनिष्ट बहुमतमा आए भनेर आत्तिन नपर्ने उल्लेख गर्दै ओली-प्रचण्डको कुरा लामो समय नमिल्ने दाबी गरे।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले पार्टीभत्र तेरो मेरा भन्न छाडेर हाम्रो भन्ने भावना विकास गर्न जरुरी भएको उल्लेख गरिन्। उनले स्व खड्काकै नेतृत्वमा आफू विद्यार्थी राजनीतिमा होमिएको स्मरण गरिन्।
नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले काँग्रेस सुधार्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रदेश ४ का सांसद कुमार खड्का, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, नेतृ शारदा पौडेल, काँग्रेस क्षेत्र ३ का सभापति पोषनाथ शर्मा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका सभापति देवेन्द्रकुमार शेरचनले बोलेका थिए।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पाण्डेले स्वागत र सचिव सुदीपमोहन भट्टराईले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९