नोकियाको सस्तो स्मार्टफोन बिक्री शुरु

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७४

पोखरा, २८ चैत  । विश्वप्रसिद्ध मोबाईल फोन उत्पादक कम्पनी नोकियाले नयाँ मोडल नोकिया वान पोखरामा बिक्री शुरू गरेको छ।

गुगलको पछिल्लो एन्ड्रोर्इड भर्सन ओरियो ८.१ सफ्टवेयरमा आधारित उक्त मोवाईल फोनको बिक्री शुरु भएको पोखराका लागि आधिकारिक वितरक न्यू एसपी इन्टरप्राईजेजका सञ्चालक शिवराज पहारीले बताए।

सो फोनमा २ हजार १ सय ५० मिलि एम्पियर ब्याट्री, १ जिबी र्‍याम, ८ जिवी मेमोरी हुनुका साथै १ सय २८ जिबीसम्म बढाउन मिल्ने सुविधा रहेको छ ।

४ दशमलब ५ इञ्च स्क्रिन साईज रहेको फोनमा पछाडि फ्लास सहितको ५ मेघापिक्सल र अगाडि २ मेघा पिक्सेल सेल्फी क्यामरा रहेको कम्पनिले जनाएको छ।

फोरजीमा द्रूतगतिकोर्र् इन्टरनेट चल्ने दुर्इ वटा सिमकार्ड लाग्ने यो मोडेलमा गाढा नीलो र रातो गरी दुर्इवटा रंगमा मोवाइल उपलब्ध रहेको छ। सबैका लागि स्मार्टफोन र मेरो पहिलो स्मार्टफोन भन्ने अवधारणाका साथ नोकियाले यो फोनको विकास गरेको कम्पनिले जनाएको छ।

मोबाइलको बजार मूल्य ९ हजार ३ सय २५ रुपैयाँमात्र रहेको छ। गत महिना स्पेनको बार्सिलोनामा घोषणा गरेको नयाँ मोडल नोकिया ६ (२०१८) प्लस र नोकिया ८८१० फोन आगामी हप्ता बजारमा आउने कम्पनीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…
  • इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

    आदर्श समाज सम्वाददाता असार १५, २०८१
    पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा…
  • बिरौटा र पर्स्याङमा सेलवेजका शाखा

    आदर्श समाज सम्वाददाता असार १४, २०८१
    पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका २ ठाउँमा शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना…

hero news full width