‘एसोदा कुल’ अफर

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७४

पोखरा, २० चैत । एसोदा कम्पनीले गर्मीयाम शुरुवातसँगै रेफ्रिजेरेटरमा १२ प्रतिशतसम्म छुटसहित ‘एसोदा कुल’ अफर ल्याएको छ ।

उक्त अफरबारे जानकारी दिन पोखराका विभिन्न ३ स्थानमा मंगलबार रोड शो गरिएको छ ।

सिर्जनाचोक, बिरौटा र बेगनासमा छुटसम्बन्धी सन्देशमूलक रोड शो गरिएको कम्पनीका एशिया सेल्स म्यानेजर पुरुषोत्तम जैसवालले जानकारी दिए ।

कार्यक्रममा करिब ५ सय जनालाई स्किम पेपर वितरण गरिएको थियो । ग्राहकले बैशाख महिनाभर पेपर लिएर एसोदा ब्राण्डका सामान बिक्री गर्ने निश्चित पसलमा गएमा रेफ्रिजेरेटर खरिदमा १२ प्रतिशतसम्म छुट सुविधा पाउने जैसवालले जानकारी दिए ।

कम्पनीले रेफ्रिजेरेटर सहित एलइडी टीभी, डिफ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, भ्याकूम क्लीनर, स्पीकर, राइसकुकर, इलेक्टि्रक केट्ली, इलेक्टि्रक कप, हिटर, टेलिफोन लगायत सामान बिक्री गर्दैआएको छ ।

Related News

सम्बन्धित समाचार

  • वित्तीय साक्षरता तालिम

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    स्याङ्जा । वित्तीय कारोबार बुझाउन र प्रयोगमा सहज बनाउने उद्देश्यले पुतलीबजार नगरपालिकामा वित्तीय साक्षरतासम्बन्धी तालिम दिइएको छ । पुतलीबजार नगरपालिका…
  • राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय समशेर जबराको आइतबार (आज) निधन भएको छ । उपचारका क्रममा राणाको नर्भिक…
  • वित्तीय संस्था कर्मचारी संघमा याम

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । नेपाल वित्तीय संस्था कर्मचारी संघ कास्कीको नवौं अधिवेशनबाट यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।…
  • बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी

    आदर्श समाज सम्वाददाता माघ २०, २०७९
    पोखरा ।  बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध पोखराका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार…
  • चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन

    आदर्श समाज सम्वाददाता माघ १९, २०७९
    पोखरा । ‘सम्पूर्ण उद्योगी व्यवसायी एवं पीडित एक हौं’ भन्दै चर्को ब्याजविरुद्ध तीनदिने अनसन सुरु गरिएको छ । सरकारको विभेदपूर्ण…

hero news full width